Ad Area

प्रतिष्ठानमा विशेषज्ञसहित स्वास्थ्य सेवा प्रदान गर्न ई.अधिकारीको आग्रह


दाङ क्षेत्र नं. २ बाट उम्मेदवार दिएका ई विशाल अधिकारीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य सेवा गुणस्तरीय बनाउन ध्यानार्कषण गराएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका अधिकारीले प्रतिष्ठानबाट विशेषज्ञसहित स्वास्थ्य सेवा प्रदान गर्न र एमबीबीएस सहितको मेडिकल शिक्षा सञ्चालन गर्नबारे प्रतिष्ठानका उपकुलपती डा. विकास लामिछानेलाई ध्यानार्कषण गराएका हुन् ।
प्रतिष्ठानका उपकुलपती डा.विकास लामिछानेले विगतको भन्दा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह भएकाे बताए । उनले पछिल्लो समय प्रतिष्ठानमा एमअाराइ जस्ता स्वास्थ्य उपकरण सञ्चालन ल्याएर विशेषज्ञसहितको स्वास्थ्य सेवा दिन खोजेको बताए ।
त्यस्तै हालको २३० शैयालाई बढाएर ३०० सञ्चालन गर्ने सोच समेत भएको उनले बताए । त्यस्तै एमबीबीएस सहितको मेडिकल शिक्षा सञ्चालन गर्ने तयारी भएपनि राज्यले बजेट नछुट्याउँदा समस्या भइरहेको उनले बताए । भौतिक पूर्वाधारका लागि आवश्यक बजेट नआउँदा एमबीबीएस कक्षा सञ्चालनमा ल्याउँन नसकिएको उनले बताए । उनले मेडिकल शिक्षा तर्फ बिएस्सी नर्सिङ र बिएन भने यसैवर्षदेखि संचालनमा गर्ने तयारी गरेको बताए ।
Blog Post Ad Blog Post Ad