Ad Area

राजपुरका १ सय २९ बाढी पीडित परिवारलाई राहत सामग्री


राजपुर,३१ असोज । अविरल बर्षादपछि पीडित भएका देउुखरीको राजपुर गाउँपालिका–४ दुलैयामा १ सय २९ जना बाढी पीडित परिवारलाई प्रति व्यक्ति ४ हजार बराबरको राहत सामग्री वितरण गरिको छ ।
राजपुर गाउँपालिकाको समन्वयमा केयर नेपाल, मानव कल्याण तथा वातावरण सरक्षण केन्द्र दाङ र निडस नेपालद्वारा बाढीबाट प्रभावित परिवारलाई राहात सामाग्री वितरण गरिएको हो । चामल, दाल, नुन, तेल, सर्वोत्तम पिठो, चिनीसहित नेपाल रेडक्रस सोसाइटीले दिएको बाल्टिन, कम्मल, झुल डोरी, टावेललगायतका सामाग्री बाढी पीडित परिवारलाई बितरण गरिएको छ ।

राजपुर गाउँपलिकाका अध्यक्ष शरद बुढाथोकी, उपाध्यक्ष धनपति यादव, मानव कल्याण तथा वातावरण सरक्षण केन्द्र दाङका अध्यक्ष निर्मला गौतम, निडसका सस्थापक कोषाध्यक्ष मनराज उपाध्याय, मानव कल्याण तथा वातावरण सरक्षण केन्द्र दाङ कार्यकारी निर्देशक प्रदिप मजगैया,केन्द्रका सचिव केपी घिमिरे, फिल्ड प्रमुख प्रमुख राजेन्द्र अधिकारीलगायतले संयुक्त रुपमा राहात वितरण गरेको कार्यकारी निर्देशक मजगैयाले जानकारी दिएका छन् ।

मानव कल्याण तथा वातावरण सरक्षण केन्द्रले कार्तिक १ गते वडा न ५ र ६ मा राहात सामाग्री बितरण गर्ने कार्यक्रम रहेको केन्द्र कार्यकारी निर्देशक मजगैयाले जानकारी दिएका छन् ।