Ad Area

२०० मिटर दौडमा दाङकी निशालाई स्वर्ण


दाङ, ३ कात्तिक । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबार बिहान सम्पन्न २०० मिटर महिलातर्फको प्रतिस्पर्धामा निशा चौधरीले स्वर्ण जितिन् ।

दाङ तुलसीपुर निवासी निशा लुम्विनी प्रदेशको टिमबाट प्रतियोगितामा सहभागी भएकी थिइन ।निशाले २०० मिटरको निर्धारित दुरी २५ः२४ सेकेण्डको टाइमिङमा पूरा गरेर स्वर्ण जितेकी हुन् ।

उनले १०० मिटरमा टोकियो ओलम्पिकमा सहभागी जनाएकी त्रिभुवन आर्मीकी सरस्वती चौधरीलाई पछि पारेकी छिन । सरस्वतीले २५ः९५ सेकेण्डको टाइमिङसहित रजत जितिन् भने नेपाल पुलिसकी लक्ष्मी साउदले २६ः५२ सेकेण्ड टाइमिङ सहित कास्य जितिन् ।

Blog Post Ad Blog Post Ad