Ad Area

ग्रामीण जीवन बुझ्न् ‘क्लोज क्याम्प’


दाङ,३ कार्तिक । गुरुकुल एकेडेमीमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी श्रेष कुमाखी बजारमै जन्मिए बजार मै हुर्किए । करीब १३ वर्षीय उनले अहिलेसम्म खाना पकाउने,कपडा धुने कामदेखि ग्रामीण जीवनको बारेमा बुझ्ने अबसर पाएका थिएनन् ।

विद्यालयले दशै–तिहारको अवसर विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ग्रामीण जीवनको ज्ञान गराउने उद्देश्यले बगलाचुली गाउँपालिका वडा नम्बर २ को मर्पेसडाडामा क्लोज क्याम्पमा लगेपछि खाना कसरी बनाउने, खाना पकाउनका लागि आवश्यक सामग्री कसरी जुटाउनेदेखि ग्रामीण क्षेत्रमा बसोवास गर्ने मानिसहरुले दैनिकी कसरी चल्दो रहिछ भनेर बुझ्ने अवसर प्राप्त गरेको बताए । घरमा खाना पकाउने, कपडा धुने काम गरेको थिएन । ‘तर अहिले क्लोज क्याम्पमा साथीहरू मिलेर खाना पकाउनेदेखि आफ्ना कपडा धुने,पकाउन लागि दाउरा, पानी, तरकारी खोजेर पकाउने गरेका छौं’ उनले भने ।

दैनिक बिहीबारदेखि साझसम्म काम गर्दा समयको महत्वसंगै ग्रामीण जिवनलाई नजिकबाट चिन्ने अवसर मिलेको छ । त्यसैगरी विद्यालयकै कक्षा ९ मा अध्ययनरत विद्यार्थी सभेच्क्षा पौडेलले सहरमा बस्ने आफू जस्ता विद्यार्थीका लागि ग्रामीण जीवन बस्नका साथै कस्टकर जीवनको बारेमा बुझ्ने अवसर मिलेको बताइन । उनले ग्रामीण जीवनको महत्वसंगै बिहानदेखि साझसम्म कसरी जीवन यापन गरिदो रहिछ भनेर सिक्ने अवसर मिलेको बताइन ।

त्यसगरी उनले क्लोज क्याम्पले दैनिक जीवनको महत्व संगै आफु जस्ता बालबालिकाले ग्रामीण जीवनको परिवेशमा कसरी पढ्दा रहेछन् भनेर बुझ्ने अबसर मिलेको बताइन् । यसले विद्यालमा सैधान्तिकसंगै व्यवहारिक ज्ञान मिलेको बताइन् । ‘घरमा एक हप्ताको लागि जङ्गलमा क्लोज क्याम्पमा जाने भन्दा बुबा आमाले मन गर्नु भएको थिएन’ पौडलले भनिन,‘ सुरुमा मन गर्नुभएको थिएन तर आफुसंगै सरहरुले सम्झाएपछि घरबाट आउन दिनु भयो । अहिले खुशी लागेको छ । यहाँबाट धेरै कुराहरु सिक्ने अवसर पाएको छु ।’

Blog Post Ad

ग्रामीण जीवनको बारेमा धेरै बुझ्ने अबसर मिलेको छ । अहिले क्लोज क्याम्पमा २३ जना विद्यार्थीहरुले बिहान ५ बजेदेखि साझ ७ बजेसम्म आफै पकाउने,अध्ययन गर्ने गरिरहेको विद्यालयका शिक्षक विवेक देबकोटाले बताए । घोराहीको रतनपुरमा रहेको स्कुलले अहिले मात्रै नभएर २०७५ सालदेखि प्रत्येक वर्ष बालबालिकाहरुलाई जीवन उपयोगी शिक्षासंगै व्यबहारिक ज्ञानको उदेश्यले क्लोज क्याम गर्दै आएको विद्यालयका सहप्राचार्य मुकुन्द गिरीले जानकारी दिएका छन् । उनका अनुसार असोजको २८ गतेदेखि सुरु भएको क्याम्प कार्तिकको ४ गतेसम्म चल्ने छ ।

क्याम्पमा विद्यालयका ९ कक्षा अध्ययनरत २३ जना विद्यार्थीसँगै शिक्षक रहेका छन् । त्यस अवसरमा लोटस गु्रपका दिपेश वली, मेरीगोल्ड गु्रपका अनिस अधिकारी, रोज समुहको सभेच्क्षा पौडेललगायतले विद्यालयले आयोजना गरेको क्लोज क्याम्पले विद्यार्थीलाई ग्रामीण जीवनको महत्वकाबारेमा बुझ्ने अवसर मिलेको बताए । गुरुकुल एकेडेमीका सह प्रधानाध्यापक मुकुन्द गिरीको अध्यक्षतामा भएको कार्यक्रममा बङ्गलाचुली गाउँपालिका २ नम्बर वडाका अध्यक्ष मैते पुन, पत्रकार अमरक्षितिज भण्डारी, नेपाली कांग्रेस बगलाचुली गाउँपालिका सचिव बलदेव मल्ल, बगलाचुली उद्योग बाणिज्य संघका अध्यक्ष रुकप्रसाद पुलामीलगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण विद्यार्थी सुप्रिया थापाले गरेकी थिइन ।

 

Blog Post Ad Blog Post Ad