Ad Area

गठबन्धनबाट संविधान विरोधी र विदेशी शक्ति खुशी छैनन् : पूर्वसभामुख महरा


दाङ,९ कार्तिक । नेकपा माओवादीका प्रवक्ता एवं पूर्व सभामुख कृष्णबहादुर महराले पाँच दलिय गठबन्धनबाट संविधान विरोधी र अन्तराष्ट्रिय केही शक्तिहरु खुशी नभएको बताएका छन् ।

प्रेस सेन्टर नेपाल दाङको चौथो जिल्ला अधिबेशनलाई मंगलवार घोराहीमा सम्वोधन गर्दै प्रवक्ता महराले देशलाई संविधानको ट्रयाकभन्दा बाहिर जान नदिनका लागि बनेको पाँच दलिय गठनबन्धनबाट देशभित्रका संविधान विरोशीहरुसँगै केही बाह्य शक्ति राष्ट्रहरु दुःखी बनेको बताएका हुन ।

महराले उनीहरुले देश र जनताको समृद्धि नचाहने भन्दै उनीहरुबाट सचेत हुनुपर्ने समेत बताए । देशलाई असंवैधानिक गतिविधिबाट जोगाउनका लागि गठबन्धन बन्दा संविधान विरोधी र विदेशी केही शक्तिहरुको लागि टाउको दुखाइको विषय बनेको उनको भनाई थियो । ‘देशलाई संविधान बाहिर जान नदिनका लागि पाँच दलिय गठबन्धन बनेको हो ।

त्यही गठन्धनबाट अहिले सरकार सञ्चालन भैरहेको छ’,प्रवक्ता महराले भने,‘तर पाँच दलिय गठबन्धन बन्दा देशमा संविधान विरोधीहरु र केही विदेशी शक्तिका लागि टाउको दुखाईको विषय बनेको छ ।’ उनले देशमा अस्थीरता चाहने शक्तिहरुका कारण अहिले पनि खतरा रहेको भन्दै उनीहरुबाट सचेत भएर अघि बढ्नपर्ने आवश्यक रहेको बताएका हुन । जनआन्दोलनबाट प्राप्त उपलव्धीको सस्थागतसँगै देशलाई असंवैधानिक गतिविधिबाट बनेको पाँच दलिय गठबन्धन अहिले राजनीतिक केन्द्रमा रहेको उनको भनाई थियो ।

उनले देश र संविधानको रक्षासँगै जनताको समृद्धिका लागि पत्रकारहरुलाई कमल चलाउन समेत आग्रह गरेका छन् । विदेशमा देशको राष्ट्रियता संकटमा पर्दा संचार माध्यमहरु एकजुट भएर अघि बढ्ने गरेको अभ्यास रहेको भन्दै पूर्वसभामुख समेत रहेका महराले हाम्रो देशको राष्ट्रियताको लागि सञ्चार माध्यमहरु एकजुट हुनुपर्ने बताए ।

Blog Post Ad

पूर्वसभामुख महराले पत्रकारहरुलाई संवर्हार वर्गप्रति निष्ठावान, श्रीमिक जनताप्रति उत्तरदायी भएर समाजवाद उन्मुख पत्रकारितामा लाग्न आग्रह गरेका थिए । त्यसका लागि पत्रकारको मिलन देश र जनताको समृद्धिका लागि हुनुपर्ने बताए । प्रेस सेन्टरका जिल्ला अध्यक्ष प्रकश चौधरीको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन सत्रमा बोल्ने बक्ताहरुले जनता अधिकार स्थापित हुने गरि जनपक्षीय रुपमा कलम चलाउन आग्रह गरेका थिए ।

कार्यक्रममा जनपक्षीय पत्रकारिताका माध्यमबाट समाज रुपान्तरणका लागि महत्वपूर्ण भूमिकाको खेलेको भन्दै पत्रकारहरु नरबहादुर अधिकारी, शोभाकर अधिकारी, नरेन्द्र केसी, हिरामणि दुःखी, केएल पीडित, मधुसूदन बैद्य, पुरण शर्मा, बिष्णु अधिकारी, अजयदीप शर्मा, माधव खनाललाई सम्मान गरिएको थियोे ।

अध्यक्षमा शर्मा

यसैविच प्रेस सेन्टर नेपाल दाङ शाखाको चौथो जिल्ला सम्मेलनले पाण्डप शर्माको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ ।

जसको उपाध्यक्षः राकेश बस्नेत, महिला उपाध्यक्ष अनिता पोखरेल, सचिवमा जनक नेपाली, कोषाध्यक्ष जीवन नेपाली, सहसचिव दिपक बोहरा, समावेशी सहसचिव राजेश चौधरी रहेका छन् ।

समितिको सदस्यहरु आभाष बुढाथोकी, सुमन केसी, बिकास डागी, भागबत भट्टराई, उदिराम चौधरी, सन्तोष डाँगी, शान्तराज बुढा,हेमराज नेपाली ‘परिवर्तन’, उमेश बञ्जाडे र कमल कुँवर रहेका छन् ।

Blog Post Ad Blog Post Ad