Ad Area

बबई नदीमा दुई किशोरी बेपत्ता


दाङ,५ कार्तिक । पश्चिम दाङको बबई नदीमा डुवेर दुई किशोरी बेपत्ता भएका छन् ।
दंगीशरण गाउँपालिका–२ कुइरीगनार घाटमा नुहाउने क्रममा आज शनिवार दिउँसो दुई किशोरी बेपत्ता भएको दंगीशरण गाउँपालिका वडा नंं २ का अध्यक्ष डम्वर खत्रीले जानकारी दिएका छन् ।
वडा अध्यक्ष खत्रीका अनुसार बेपत्ता हुनेमा दगीशरण–२ सिमलकुना निवासी १५ बर्षीया रमा शाह र सल्यान दमाचौर गाउँपालिका–१ निवासी १६ बर्षीय गोमा भनिने साविरा चन्द रहेका छन् । नदीमा नहाउने क्रममा बेपत्ता भएका उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।
Blog Post Ad Blog Post Ad