Ad Area

तिहारलाई तयार हुँदै माला


घोराही। तिहार आउन केही दिनमात्रै बाँकी रहदा जिल्लामा पुष्प व्यवसाय गरेका व्यवसायीहरुलाई पूmल टिप्नदेखि माला उन्नका लागि भ्याइनभ्याइ छ । तिहारमा भाई टिकालगाउन लागि मालाको अटर धेरै भएपछि माला बुन्ने काम गरिरहेको पुष्प व्यवसायी इन्द्र बुढामगरले बताएकी छिन ।

तिहारसँगै अन्य विभिन्न कार्यक्रमका लागि फूलको मालाको माग बढेपछि माला बनाउँदै कोल्डस्टोरमा राख्ने गरेको उनी बताउँीछन । ‘तिहारमा मालाको धेरै माग छ । ४÷५ दिनअघिदेखि नै माला बुन्ने काम गरिरहेका छौ’,व्यवसायी बुढाले भनिन्,‘बुनेका मालाहरु नविग्रिउन भनेर कोल्डस्टोरमा राखेका छौ । किन्न आउनेलाई विक्रि पनि गरिरहेका छौ ।’

घोराही उपमहानगरपालिका–१३ डुम्मर गाउँमा ८ कट्ठा जमिनमा सयपत्री, मखमली, गोर्धौली र चाया फूलको खेती गरेकी बुढाले जिल्लामा मात्रै नभएर जिल्ला बाहिरबाट समेत फूल र मालाको माग आएको बताइन । तिहारमा सानो–ठुलो साइज अनुसार मालाहरु १ सयदेखि ३ सय रुपैयासम्म विक्री हुने गरेको उनको भनाई छ ।

तिहारका लागि मालाको माग बढेपछि माला बुन्ने काम भैरहेको घोराहीकै अर्का व्यवयायी लोकेन्द्र रोका मगर बताउछन् । घोराही उपमहानगरपालिका–१४ झिगौरामा व्यवसायिक फूलखेती गरेका रोकाले करिव डेढ विगाह जमिनमा पूmलको खेती गरेका छन् । तिहारका लागि ८ हजार माला विक्रि गर्ने लक्ष्य लिएको रोकाको फर्ममा आइतवारसम्म ३ हजार बढी मालाको अडर आइसकेको छ । ‘तिहारमा मात्रै आठ हजार माला विक्र गर्ने लक्ष्य छ । त्यही अनुसार अहिले माला बुन्ने काम भैरहेको छ’, व्यवसायी रोकाले भने,‘अहिलेसम्म करिव ३ हजार मालाको अडर आइसकेको छ ।’ रोकाले फर्ममा उत्पादन भएको अधिकांस पूmल जिल्लामै विक्रि हुने बताउछन् । रोकाले भारतको कोलकाताबाट ल्याएको अफ्रिकन मेरीगोल्ड जातको सयपत्री पूmल रोपेका छन् ।

Blog Post Ad

पुष्प व्यवसायका लागि उनी जिल्लामा प्रतिनिधि पात्र मात्रै हुन । कुनै समय घरमा आवश्यकतासँगै सजावटका लागि रोपिने पुष्पहरु विक्रि हुन थालेपछि जिल्लामा पूmल खेती गर्ने व्यवसायीहरु समेत बढ्दै गएका छन् । चाडपर्वसँगै जिल्लामा हुने विभिन्न कार्यक्रम, विवाहलगायतका विभिन्न कार्यहरुमा मालाहरुको खपत हुने गरेको छ ।

जिल्लाको घोराही–१५ भरतपुरमै १३ कट्ठा जमिन भाडामा ल्याएरु १०८ द डिभाइन फुड प्राली, तुलसीपुरमा नगर युवा सञ्जालमा आवद्ध युवाहरुसँगै अन्य धेरै स्थानमा व्यवसायीहरुले पुष्प खेती सुरुवात गर्नुभएको छ । जिल्लामै व्यवसायिक रूपमा फूल खेती गर्ने व्यवसायीहरु बढ्दै गएपछि तिहारमा बाहिरबाट आउने प्लाष्टिक कृत्रिम मालालाई विस्थापित गर्न सहज हुने व्यवसायीहरुको भनाई रहेको छ ।

Blog Post Ad Blog Post Ad