Ad Area

हाप्किडोका प्रशिक्षक बुढालाई राष्ट्रिय सेवा सम्मान


दाङ,६ कार्तिक । नेपाल मार्शल आर्ट्स हाप्किडो संघका प्रमुख प्रशिक्षक भुवन बुढामगर राष्ट्रिय सेवा सम्मान–२०७९ बाट सम्मानित भएका छन् ।

लामो समयदेखि नेपाल मार्शल आर्ट्स हाप्किडो संघमा आवद्ध भएर खेल क्षेत्रको विकाससँगै राष्ट्रको विकास र सामाजिक सेवामा पु¥याएको योगदानको उच्च मुल्याङकन गर्दै फोकस नेपालले प्रमुख प्रशिक्षक बुढामगरलाई सम्मान गरेको हो ।

नेपाल मार्शल आर्ट्स हाप्किडो संघ दाङका अध्यक्ष समेत रहेका बुढालाई फोकस नेपालद्धारा दीपावली–२०७९ को अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) ले प्रशंसा–पत्र प्रदान गरेका थिए ।

पूर्वी रुकुमको भुमे गाउँपालिका-३ झुम्लाङमा (साबिक रुकुमको मोरावाङ-८ ) निवासी बुढा एक दशक लामो समयदेखि मार्शल आर्ट्स हाप्किडो खेलका माध्यमबाट नेपालमा खेलकुदको विकासका लागि संक्रिय रहेका छन् । नेपाल मार्शल आर्ट्स हाप्किडो संघबाट ५ डान उपाधी प्राप्त हाप्किडाेका खेलाडी समेत हुन ।

Blog Post Ad Blog Post Ad