Ad Area

‘मधुमास’ भयाे सार्वजनिक


घाेराही, १२ घाेराही । दाङ निवासी ६ जना सष्टाहरुको संयुक्त आधुनिक गीति संग्रह ‘मधुमास’ को बिमोचन गरिएको छ । राप्ती साहित्य परिषद् केन्द्रको आयोजनामा शनिवार घोराहीमा भएको एक कार्यक्रममा ६ जना सष्टाहरुले सिर्जना गरेको आधुनिक गीति संग्रह ‘मधुमास’को बिमोचन गरिएको हो ।

आधुनिक गीति संग्रह मधुमासमा गीतकार प्रकाश केसीको ‘सानो कुरामा फाटेको मन’, प्रबल बिष्टको ‘दुई मुटुको साईनो’, नरेश खड्काको ‘तिम्लाई माया गर्ने मुटु’, अभि क्षेत्री समर्पणको ‘नसोध भो’, खड्ग विवश विसीको ‘कहाँनेर छुट्यो भाग्य’ र सुशील पुन ‘बिरही’को ‘यति चोट दियौ’ आधुनिक गीतहरु समावेश गरिएका छन् । दाङ जन्मथलो भएर कर्मका हिसावले देशदेखि विदेशसम्म बस्ने सष्टाहरुको संयुक्त प्रयासबाट ‘मधुमास’ आधुनिक गीति संग्रह बनेको बताउनुभएको थियो ।

संग्रहमा समेटिएका गीतहरुको समिक्षा नेपाल पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसीले सरल, सहज र मिठास पूर्ण शव्दहरुले संयोजनले गीत सुन्दर र आकर्षक बनेको बताउनुभएको थियो । साथै केसीले माया प्रेम, मिलन बिछोडसँगै समाजिक विषयवस्तुमा आधारित गीतहरु समेटिएको संग्रहले मानिसको सोच र समाजलाई सकारात्मक उर्जा दिन प्रेरित गर्ने बताउनुभएको थियो ।

राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष टिकाराम उदासीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि साहित्यकार नारायण नेपालले आधुनिक गीत संगीतको विकासका लागि मधुमास गीति संग्रहले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको थियो । साथै उहाँले शव्द चयन, लय र संगीतको संयोजनले गीतहरु उत्ष्कृष्ठसँगै समाज रुपान्तरणका लागि सहयोग पुर्याउने बताउनुभयो ।

विश्व किर्तीमानी संगीतकार संन्तोष श्रेष्ठले ठुलो संघर्ष र संयोजनबाट आधुनिक गीति संग्रह मधुमास बिमोचन भएको बताउनुभएको थियो । उहाँले आधुनिक गीत संगीतका क्षेत्र विभिन्न स्थान र माध्यमबाट संक्रिय सष्टाहरुलाई जोड्दै संयुक्त संगह निर्माणका लागि ठुलो मेहनत लागेको भन्दै संगीतकार श्रेष्ठले आगामी दिनहरुमा यसले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad