Ad Area

ग्रामीण महिला उत्थान केन्द्रको अध्यक्षमा पुुनः आसमानी सर्वसम्मत चयन


घोराही, १२ कार्तिक । ग्रामीण महिला उत्थान केन्द्र दाङको २८औँ वार्षिक साधारणसभा तथा अधिवेशन घोराहीमा सम्पन्न भएको छ ।


संस्थाका सस्थापक अध्यक्ष आसमानी चौधरीको अध्यक्षतामा आज साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका सल्लाहकारहरु सोगतबिर चौधरी,थम्मन चौधरी, हितबहादुर थापा, पार्बती बस्नेत, नेपबहादुर चौधरी, गिता चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे । वक्ताहरुले ग्रामीण क्षेत्रमा रहेका महिलाहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा संस्थाले खेलेको भुमिकाका कारण हजारौँको जीवनमा आमुल परिवर्तन सम्भव भएको भन्दै आगामि दिनमा पनि संस्थाले आफ्नो दायित्व निरन्तर पूरा गर्दै जानुपर्नेमा जोड दिनुभयो ।


यद्यपि, केही गलत मनसायका साथ संस्थाबाट आर्थिक लाभ उठाउने र जिम्मेवारी पूरा नगर्ने व्यक्ति र समुहको बेलैमा पहिचान गरि वित्तीय व्यवस्थापन बलियो बनाउँदै कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो ।

यसैबीच, संस्थाको आगामी कार्यकालका लागि आसमानी चौधरीकै अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन गरिएको छ । जसको उपाध्यक्षमा कमला चौधरी, सचिवमा बसन्ता पुन, सहसचिवमा सरिता चौधरी, कोषाध्यक्षमा मिरा चौधरी चयन हुनुभएको छ । सदस्यहरुमा माधवा पोख्रेल र मिना गिरी चयन हुनुभएको छ भने सल्लाहकारमा सोगतबीर चौधरी, थम्मन चौधरी र रजनी श्रेष्ठ चयन हुनुभएको छ ।

संस्थाले आगामी मंसिर २१ गते वार्षिकोत्सव आयोजना गरि उक्त दिन रक्तदान कार्यक्रम, भलिबल प्रतियोगिता र घैटाफोडलगायत कार्यक्रम आयोजना गर्ने भएको छ । साथै सोगतबिर चौधरी उद्यमशिल पुरस्कारबाट २ जना उद्यमीलाई पुरस्कृत गरिने भएको छ । उक्त पुरस्कारको राशि २५ हजार रहेको संस्थाले जनाएको छ ।

Blog Post Ad

संस्थाको वार्षिक प्रगति प्रतिवेदन अध्यक्ष आसमानी चौधरी र आर्थिक प्रगति प्रतिवेदन कोषाध्यक्ष मिरा चौधरीले प्रस्तुत गर्नुभएको थियोे । कार्यक्रममा संस्थाका अध्यक्ष आसमानी चौधरीले आर्थिक वर्ष २०७९(०८० का लागि वार्षिक कार्ययोजनासमेत प्रस्तुत गर्नुभएको थियोे ।

कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ७ गिधनिया निवासी कक्षा ३ मा अध्ययनरत प्रतीक्षा चौधरीलाई शैक्षिक सामग्रीसहित नगद २ हजार ५ रुपैयाँ सहयोग गरिएको थियोे । सहसचिव बसन्ता पुनको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण सचिव सरिता चौधरीले गर्नुभएको थियो ।

आत्मनिर्भर र सशक्त समाजको सिर्जना गर्ने मूल लक्ष्यका साथ २०५१ मंसिर २१ गते स्थापना भएको ग्रामीण महिला उत्थान केन्द्रले प्रवर्द्धन गरेको वित्तीय संस्थाले दाङ, बाँके, बर्दिया, प्युठान, सल्यानलगायत जिल्लामा कार्यक्षेत्र बनाएको छ । जसमा १५ हजार बढी सदस्य आवद्ध भई आर्थिक तथा सामाजिक क्षेत्रमा उल्लेखनीय काम गर्न सफल भएका छन् ।

Blog Post Ad Blog Post Ad