Ad Area

व्याज बृद्धिको बिरोधमा सरकारी बैकमा धर्ना दिइने


दाङ,१८ कात्तिक । राष्ट्र बैकले बृद्धि गरेको व्याजको विरोधमा आन्दोलित उद्योगी तथा व्यवसायीले सरकारी बैकमा धर्ना दिने भएका छन् ।

आन्दोलनको घोषणा गरेको दाङ जिल्ला उद्योग वाणिज्य संघले जिल्लामा रहेका उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारी एवम संघ संस्थाहरु संग गरिएको छलफलमा यस्तो निर्णय गरिएको हो ।

छलफलमा यही आउदो २१ गते साढे ११ वजे जिल्लाका सबै शहरी क्षेत्रमा विरोध ¥याली तथा कोण सभा गरिने भएको छ ।

त्यसैगरेर २४ गते जिल्लामा रहेका घोराही, तुलसीपुर, लमहीमा रहेका सरकारी बैक अगाडि धर्ना दिइने निर्णय भएको संघका अध्यक्ष टंकसिंह वुढाथोकीले जानकारी दिएका छन् ।

विहान १० वजे देखि १२ वजे सम्म धर्ना दिइने उनले जानकारी दिए । यती गर्दा पनि माग पुरा नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेर अगाडि वढीने संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिए । छलफलमा सहभागिहरुले संघले थालेको आन्दोलनमा आफुहरुको पनि समर्थन रहेको भन्दै सक्रिय सहभागिता हुने बताएका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad