Ad Area

श्रीमतीको हत्यापछि श्रीमानद्वारा आत्महत्या


घोराही, १८ कात्तिक । दाङको घोराहीमा एक व्यक्तिले श्रीमतीको हत्यापछि आफुले आत्महत्या गरेका छन् ।

घोराही उपमहानगरपालिका–१३ डुमरगाउँ निवासी ३६ वर्षीय नवीन रोकामगरले ३७ वर्षीया श्रीमती निरु रोकाको हत्या गरेपछि आफुले पनि आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

नवीले निरुको घाँटी थिचेर हत्या गरेपछि अर्कै कोठामा गएर आफुले पनि आत्महत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक राजन गौतमले जानकारी दिनुभएको छ । प्रहरी प्रवक्ता गौतमका अनुसार शुक्रवार राती श्रीमतीको हत्यापछि आफुले आत्महत्या गरेको बताउनुभयो । ‘विहिवार बेलुकी खाना खाएर सुत्न गएका रहिछन् ।

तर बिहान उनीहरू अवेरसम्म पनि नउठेपछि हेर्दा दुबै जना मृत फेला परेका हुन्’,प्रवक्ता गौतमले भन्नुभयो,‘निरू एउटा कोठामा मृत फेला परेको र अर्को कोठामा नवीन झुण्डिएको अवस्थामा फेला परेकाले श्रीमतिको हत्यापछि श्रीमानले आत्महत्या गरेको देखिन्छ ।’ उहाँका अनुसार घटनाबारे थप अनुसन्धान भैरहेको छ ।

Blog Post Ad Blog Post Ad