Ad Area

आम निर्वाचन–२०७९,चुनावी प्रचारका लागि घरदैलोमा उम्मेदवार


दाङ, १९ कार्तिक । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दलसँगका उम्मेदवार गाउँ–गाउँमा चुनावी प्रचार–प्रसारमा व्यस्त छन् । चुनावी प्रचार–प्रसारमा हिँडेका उम्मेदवारले मतदाताको घरदैलोमा पुगेर मतदाताका कुरा सुन्दै आफ्ना कुराहरु मतदातालाई सुनाउने मंसिर ४ गते हुने निर्वाचनमा आफूलाई मतदानका लागि अपिल गर्ने गरेका छन् ।

३ वटा संघीय निर्वाचन क्षेत्र र ६ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दाङमा राजनीतिक दल र स्वतन्त्र गरेर ८९ जना उम्मेदवारहरु चुनावी मैदानमा छन् । निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरु आफ्ना एजेण्डा लिएर जनताको घरदैलोमा पुग्ने आफ्ना पक्षमा मतदान गर्नका लागि आग्रह गर्ने गरेका छन् ।

निर्वाचन प्रचार–प्रसारका क्रममा मतदातालाई रिझाउनका लागि कतिपय उम्मेदवारहरुले भने मतदातालाई काममा सहयोग गरेको अभिनय गर्नका लागि धान काट्ने, खेत जोत्नेदेखि खन्ने काम समेत गरिररहेका छन् । चुनावी प्रचार–प्रसारसँगै राजनीतिक दलले मतदान गर्ने तरिका र चुनाव चिन्हको विषयमा मतदाताहरुलाई जानकारी गराउने समेत गरेका छन् । मतदाता भेटघाटका क्रममा उम्मेदवारहरुले जनताका समस्या समाधान गर्ने गरी आफ्ना कुरा राख्नेदेखि पाँच बर्षको अवधिमा आफू र आफ्नो पार्टीले खेलेको भूमिका समेत मतदाता माझ राख्ने गर्दै आएका छन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का गठबन्धनका साझा उम्मेदवारको रुपमा रहेका एकीकृत समाजवादीका नेता एवं सहरी विकासमन्त्री मेटमणि चौधरी, एमालेकी उम्मेदवार शान्ता चौधरी, पूर्व सांसद गंगा चौधरी, रुक्मिनी चौधरी, सुरेन्द्र चौधरीलगायतका उम्मेदवारहरु रहेका छन् । गंगा हाम्रो नेपाली पार्टी र रुक्मिनी संघीय लोकतान्त्रिक थरुहट पार्टीबाट उम्मेदवार बनेकी छिन् भने सुरेन्द्र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार छन् ।

दाङ क्षेत्र नं. २ मा गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी नेता रेखा शर्मा र नेकपा एमालेका महासचिव शंकर पोखरेल पनि चुनावी प्रचार–प्रसारका क्रममा व्यस्त छन् । पहिलो चरणको भेटघाटपछि चुनावी घोषणा–पत्रको लागि काठमाडौँ गएका महासचिव पोख्रेल फर्किएर चुनावी माहोलमा लागेकाछन् । त्यसैगरी क्षेत्र नं. ३ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरी र नेकपा एमालेबाट उम्मेदवार बनेकी कोमल वली चुनाव प्रचार–प्रसारमा बेस्त छन् । जिल्लामा ४ लाख बढी मतदाता छन् ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad