Ad Area

शंकर र रेखासँग प्रतिष्पर्धामा उत्रिएका इञ्जिनियर विशाल अधिकारी को हुन् ?


दाङ,१९ कार्तिक । आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिदै गर्दा दाङ  क्षेत्र नं. २ चुनावी प्रतिष्पर्धाका रुपले चर्चामा छ । हेभिवेटका नेता मानिएका एमाले महासचिव शंकर पोखरेल र गठबन्धनबाट माओवादी केन्द्रकी नेतृ रेखा शर्मा पनि यही क्षेत्रबाट चुनावमा भिड्दै छन् । तर यसपटक यी दुई उम्मेदवारलाई टक्कर दिन ईञ्जिनियरिङ क्षेत्रबाट आएका विशाल अधिकारीको चर्चा पनि कम छैन ।

ईञ्जिनियरीङ पृष्ठभूमीबाट आएका ३० वर्षीय अधिकारी राष्ट्रिय स्वतन्त्र पार्टीबाट घण्टी चुनाव चिन्ह लिएर पोखरेल र शर्मासँग चुनावी प्रतिपष्र्धा गर्दैछन् । योसँगै दाङ–२ मा त्रिपक्षीय भिडन्त हुने पक्का–पक्की छ । यसले यहाँको चुनावी माहोल तताएको छ । दलहरुप्रतिको वितृष्ण, नैराश्यता र वैकल्पीक राजनीतिक शक्तिहरुको उदयले दाङ–२ को चुनावी परिणाम विगत भन्दा फरक हुने चर्चा छ । निर्वाचनको मिति घोषणा हुनु अघि नै दाङ–२ बाट चुनाव लड्ने मानसीकता बनाएर गृह जिल्ला फर्किएका ई. अधिकारीले पछिल्ला दिनहरुमा आफ्नो चुनावी प्रचार–प्रसार तिब्र पारेका छन् ।

दुई ठूला दलका उम्मेदवारले भन्दा अघि नै घोषणा पत्र सार्वजनिक गरेका उनी अहिले दिनहुँ घरदैलो र मतदाता भेट्नमा व्यस्त छन् । ‘हरेक दिनजसो मतादता भेटघाट गर्ने र उहाँहरुको समस्या सुन्नेकाम गरिरहेका छौं’ ईञ्जिनियर अधिकारीले भने, ‘मतदाताहरु माझ एजेण्डाहरु सुनाउँदै र दाङको मुहार कसरी फेर्न सकिन्छ भन्नेबारे बुझाउँदै हिडेका छौं ।’

दलहरुको विल्पक स्वरुप दाङको विकासको लागि आफू राजनीतिमा आएको ईञ्जिनियर अधिकारीले बताए । उनले आफू बैकल्पीक राजनीतिक धारका रुपमा र सिंगो युवाहरुको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा आएको बताए । ई. अधिकारीले मतादतामा दलहरुप्रति वितृष्ण बढेकाले त्यसको विकल्पको रुपमा जनताले आफूलाई नै रोज्ने बताए । ‘विगतमा हामीले नेताहरुलाई थुपै्र पटक भोट दिएर चुनाव जिताऔं’ उनले भने, ‘तर दाङको सन्दर्भमा देखाउँन लायक कुनै विकास नै हुन सकेन । यो कुरा अब जनताले बुझिसकेका छन् ।’

उनले सिंगो युवा मतादताहरुको समर्थन आफूलाई रहेको भन्दै यसपटक चुनाव जित्ने दाबी गर्छन् । ‘दलहरुलाई नै जिताउनुपर्छ भन्ने मतदाताहरुको पुरानो मानसीकता यो पटक फेरिएको छ । दलहरुले विगतमा आश्वासन देखाउँने र झुक्याउने काम मात्र गरे । यो कुराको जनताले राम्रै हिसाब राखेका छन्,’ उनले भने, ‘अहिले दलहरुप्रति मतदाताहरुको आर्को  छ । यो पटक जनताले बिकल्प खोजेका छन् ।’

को हुन् ई.अधिकारी ?

३० वर्षीय युवा ई.अधिकारी दाङको घोराही उपमहानगरपालिका–४ लक्ष्मीपुर निवासी हुन् । माध्यामिक विद्यालय डाँडागाउँबाट माध्यमीक तहको पढाई पुरा गरी काठमाडौमा गएर त्रिभुवन विश्वविद्यायल ईञ्जिनियरिङ अध्ययन संस्थानबाट नविकरणीय उर्जा सम्बिन्धी विषयमा ईञ्जिनियरिङ गरेका हुन् । ईञ्जिनियरिङ अध्ययन पुरा गरेपछि उनले नविकरणिय उर्जा, माइका्रे हाइड्रो पावर, इनर्जी अडिट र औद्योगिक ग्रामको प्लानिङका क्षेत्रमा काम गरे । यी  क्षेत्रमा ६ वर्ष बढी काम गरेको उनीसँग अनुभव छ । यसरी काम गर्दा यी क्षेत्रमा उनले राम्रो दक्षता पनि हासिल गरेका छन ।

गृह जिल्ला दाङ फर्किएका अधिकारी अब भने ईञ्जिनियरिङ क्षेत्रमा आफूले बटुलेको प्राविधिक ज्ञान र अनुभव दाङको विकासमा लगाउन चाहन्छन् । ‘दाङ विकासको थुप्रै सम्भावना बोकेको ठाउँ हो’,उनले भने, ‘तर राम्रो नेतृत्व नपाउँदा यो ठाउँले विकास पाएन ।’ जसकारण सडक बाटो, धुवा धुलो जस्ता सामान्य समस्या समेत यथावत रहेको उनले बताए ।

ईञ्जिनियरिङ क्षेत्रमा आफूले बटुलेको प्राविधिक ज्ञानलाई नीति निर्माण गर्ने तहमा पुगेर दाङको समग्र क्षेत्रको विकास गर्न चाहेको उनले बताए । उनले प्रविधिको ढंगले दाङ उपत्यकाको विकास कसरी गर्ने भन्नेबारे मोडल नै तयार गरेको बताए । ‘दाङको विकास अब नयाँ मोडलबाट हुन जरुरी छ’ उनले भने, ‘दलहरुबाट बिकास र निकास हुने सम्भावना नदेखेपछि म आफै चुनावी मैदानमा आएको छु ।’ उनले दलहरुले चुनाब जिते दाङलाई बिकास गर्ने भन्दा पनि आफ्नो दलको अखडामात्रै बनाउने बताए ।

उनले तीन साता अघि नै घोषणा पत्र सार्वजनिक गरेका छन् । जहाँ उनले दाङलाई कसरी विकास गर्न सकिन्छ भन्नेबारे विकास मोडलकाे खाका नै तयार पारेका छन् । उनले दाङलाई सूचना तथा प्रविधिको हब बनाउन चाहेका छन् । ‘दाङ भ्यालीलाई सिलिकन भ्यालीको अवधारणामा विकास गर्न सूचना तथा प्राविधिक हब बनाउन चाहेका छौं’, उनले भने, ‘यसका लागि शैक्षिक पूर्वाधार तयार गर्छाैं ।’ उनले दाङलाई आइटी हबका रुपमा बिकास गर्न सके युवाहरुलाई स्वेदेशमै रोजगारी र अवसरहरु सिर्जना गर्न सकिने बताए । ‘अहिले विदेशीने युवा जनशक्तिको ठूलो छ,’ उनले भने, ‘रोजगारी खोज्दै हरके वर्ष विदेशनीले लाखौं युवा शक्तिलाइ अब रोक्नु पर्छ र स्वेदेशमै रोजगारी दिनुपर्छ ।’

उनले आफ्नो चुनावी बाचा पत्रमा दाङलाई दीर्घकालिन रुपमा विकास गर्न सकिने थुप्रै याेजनाहरु समेटेका छन् । दाङका विकासका योजनाबारे उनी मतादतालाई बुझाउँदै हिडीरहेका छन् । मंसिर ४ गते हुने निर्वाचनमा मतदाताले एउटा सक्षम र युवा नेतृत्व रोज्छन् भन्नेमा उनी ढुक्क छन् । ‘यहाँका मतदाताले दलहरुलाई थुप्रै पटक चुनाव जिताएर हेरिसके,’ उनले भने, ‘यो पटक मतादताहरु युवा र सक्षम उम्मेदवारलाई भोट दिएर दाङको मुहार बदल्न चाहन्छन् ।’