Ad Area

ईञ्जिनियर विशाल अधिकारीलाई भोट माग्न रवि घाेराही आउँदै


 

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवी लामिछाने भोली २१ गते सोमवार दाङ आउँने भएका छन् ।

दाङ क्षेत्र नं. २ का उम्मेदवार ईञ्जिनियर विशाल अधिकारीलाई जिताउँनका लागि भोट माग्न लामिछाने दाङकाे घाेराही आउँने भएका हुन् ।

लामिछाने दाङ क्षेत्र नं. २ को चुनावी सभाको सम्बोधन घोराहीमा गर्ने भएका छन् । सम्बोधनका क्रममा उनले ईञ्जिनियर अधिकारीलाइ जिताउँन भोट माग्नेछन् । घोराहीमा उनले करिब १ घण्टा सम्बोधन गर्ने कार्यक्रम तालिका तय गरिएको छ । पार्टीका सभापती लामिछानेले याेसँगै दाङका अन्य दुइवटा निर्वाचन क्षेत्र तुलसीपुर र लमहीमा पनि चुनावी सभालाई सम्बोधन गर्नेछन् ।

दाङ क्षेत्र नं. २  उम्मेदवार ईञ्जिनिर अधिकारी दाङ घोराही–४ लक्ष्मीपुर निवासी हुन् । उनले काठमाडौमा त्रिभुवन विश्वविद्यायल ईञ्जिनियरिङ अध्ययन संस्थानबाट नविकरणीय उर्जा सम्बिन्धी विषयमा ईञ्जिनियरिङ पुरा गरी यस क्षेत्रमा लामो समय काम गरेका छन् ।

उनी दाङ क्षेत्र नं २ बाट एमालेका महासचिव शंकर पोखरेल र गठबन्धनबाट माओवादीकी उम्मेदवार रेखा शर्मालाई टक्कर दिदै चुनाव उत्रिएका छन् । दाङ यी तीन उम्मेदवारबीच कडा प्रतिष्पर्धा हुने देखिन्छ ।

Blog Post Ad

 

Blog Post Ad Blog Post Ad