Ad Area

आचारसंहिता उल्लङ्घन भए कारबाही


दाङ, २० कार्तिक । निर्वाचन निष्पक्ष, भयरहित रूपमा सफल बनाउन सञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहेको एक कार्यक्रमका वक्ताले बताएका छन् । मंसिर ४ गते हुन थालेको संघीय र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरेर प्रदेश निर्वाचन कार्यालय दाङले गरेको कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् ।

सहभागीले सञ्चार माध्यमहरूले निर्वाचन आचारसंहिता पालना गरेर अगाडि बढ्नुपर्ने बताए । पत्रकारहरूले आप्mनो पेसाको मर्यादा भुल्न नहुने समेत बताएका थिए । उम्मेदवार, कार्यकर्ता तथा अन्य निकायबाट हुने आचारसंहिता उल्लङ्घनका विषयलाई सत्यतथ्य रूपमा बाहिर ल्याउनुपर्ने उनीहरूको भनाइ थियो । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश कृपासुर कार्कीले आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाही हुने बताए ।

‘कसैलाई पनि कानुनभन्दा बाहिर जाने अधिकार छैन, कानुनभन्दा बाहिर जानेलाई कारबाही हुन्छ’, उनले भने । जिल्लामा आचारसंहिता उल्लङ्घन भएका घटनाहरूलाई बाहिर ल्याएर सहयोग गर्न समेत उनले आग्रह गरे । ‘आचारसंहिता उल्लङ्घन भएको पाइएमा प्रमाणसहित बाहिर ल्याइदिनुस्’, उनले भने, ‘सबैले आ–आप्mनो जिम्मेवारी निर्वाह गरेर जानुको विकल्प छैन ।’ सबैको सहयोगले नै निर्वाचन सफल बनाउन सकिने उनले बताए । ‘सबैले जिमेवारीपूर्वक व्यवहार गर्न आवश्यक छ’, उनले भने ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले निर्वाचन शान्तिपूर्ण, भयरहित वातावरणमा सम्पन्न गरिने बताए । ‘नागरिकले भयरहित वातावरणमा मतदान गर्न पाउनुहुनेछ’, प्रजिअ रेग्मीले भने । त्यसैअनुसनर सुरक्षा व्यवस्था मिलाइने उनले बताए । निर्वाचनका लागि नेपाली सेना, नेपाल प्रहरी, म्यादी प्रहरी, सशत्र प्रहरी परिचालन गरिने उनले बताए ।

भौगोलिक अवस्था, राजनीतिक प्रभावअनुसार मतदान स्थलको संवेदनशीलताअनुसार सुरक्षा व्यवस्था गरिने उनको भनाइ रहेको छ । ‘सुरक्षाको हिसाबले कुनै कमी हुनेछैन’, उनले भने । जिल्लामा करिब ५ हजार सुरक्षाकर्मी परिचालन हुने उनले बताए । निर्वाचन सफल बनाउन सञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुने भएकाले मिडियाको सहयोग रहेको समेत उनले बताए ।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख नारायणप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता, आचारसंहिता उल्लङ्घन गरे उम्मेदवार, कार्यकर्ता तथा अन्यलाई हुने कानुनी कारबाहीलगायतका विषयमा जानकारी दिएका थिए । उनकाअनुसार जिल्लामा १ सय ५३ मतदान स्थल र ४ सय ६५ मतदान केन्द्र छन् । २ वटा अस्थायी मतदान केन्द्र रहने भएका छन् ।

Blog Post Ad

घोराही र तुलसीपुरमा अस्थायी मतदान केन्द्र रहने भएका छन् । जिल्लामा कार्तिक १८ गतेदेखि मतदाता शिक्षा कार्याक्रम समेत सुरु भएको प्रमुख भण्डारीले बताए । मतदाता शिक्षा मंसिर १ गतेसम्म सञ्चालन हुनेछ । जिल्लाका १ सयवटा वडामा स्वास्थ्य स्वयम्सेविकामार्फत् मतदाता शिक्षा प्रदान गरिने उनले बताए ।

कार्यक्रमका नेपाल पत्रकार महासंघका दाङ शाखा अध्यक्ष दुर्गालाल केसीले सञ्चार माध्यम र पत्रकारहरूले आफ्नो पेसागत मर्यादा कामय राखेर रिपोर्टिङ गर्नुपर्ने बताए । सञ्चार माध्यमहरू कुनै दलको एक पक्षीय नभइ सबैलाई स्थान दिनुपर्ने उनको भनाइ थियो । सञ्चार माध्यमहरू सबैका हुन् भन्ने वातावरण बनाउन सक्नुपर्ने उनले बताए ।

‘सञ्चार माध्यमहरूले सही सूचना र तथ्य सूचना दिनुपर्दछ’, उनले भने । दलहरूका कुरा मात्र नभइ नागरिकका कुरालाई पनि स्थान दिनुपर्ने उनको भनाइ थियो । कार्यक्रममा पत्रकारहरूले आ–आप्mना जिज्ञासा राखेका थिए । कार्यक्रमको सहजीकरण प्रदेश निर्वाचन कार्यालयका शाखा अधिकृत रेवतबहादुर बुढाथोकीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad