Ad Area

शुभम सहकारी संस्थाको अध्यक्षमा भुसाल


दाङ, २६ कार्तिक । अटो व्यावसायी समितिद्धारा सञ्चालित शुभम लघुउद्यम सहकारी संस्थाको अध्यक्षमा पुन मुकेश भुसाल अध्यक्षमा चयन भएका छन् ।

संस्थाको १० औ साधारणसभा तथा तथा चौथो अधिवेसनवाट भुसाल पुन अध्यक्षमा चयन भएका हुन । समितिको उपाध्यक्षमा ज्ञानवहादुर फौदार क्षत्री, सचिव रत्नराम वञ्जारा, कोषाध्यक्षमा सविता भण्डारी रहेका छन् । समितिको सदस्यहरुमा चन्द्रप्रसाद आचार्य, सावित्रा विक, दिपक पण्डित, एमबहादुर केसी, बलिराम केसी रहेका छन् ।

लेखा संमितिको संयोजकमा शंकर अधिकारी, नरेश कार्की र पुष्पराज आचार्य रहेका छन् । उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष मुकेश भुसालको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं. १४ का वडाध्यक्ष भानसिह वुढाको प्रमुख आतिथ्यतामा एवम दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीको विशिष्ट आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा पानस सामाजिक उद्यमीका अध्यक्ष हेमराज सुवेदी, राप्ती अञ्चल इन्जीनियरीङका अञ्चल प्रतिनिधि सुशील आचार्य, राप्ती अञ्चल इन्जीनियरीङ दाङ शाखा अध्यक्ष फौजुर रहमान, राप्ती अटो खानेपानीका अध्यक्ष सहदेव थारु लगाएतकाले भनाइ राखेका थिए । उद्घाटन कार्यक्रमको सहजिकरण सचिव रत्नराम बन्जाराले गरेका थिए ।

कार्यक्रममा संस्थापक अध्यक्ष बलिराम केसीलाई सम्मान गरिएको थियो । आर्थिक प्रतिवेदन कोषाध्यक्ष शंकर अधिकारीले र वार्षिक प्रतिवेदन सचिव वन्जाराले गरेका थिए । संस्थाले निक्षेप सङकलन ४ करोड ४८ लाख ७४ हजार ३ सय ७ रुपैया रहेको छ भने कर्जा लगानी ३ करोड ९५ लाख १६ हजार १ सय ९१ रुपैया गरेको छ । खुद नाफा १० लाख ५४ हजार ९ सय ७७ रुपैया गर्न सफल भएको छ ।