Ad Area

उद्योगी महिला वचत तथा ऋण सहकारीको साधारणसभा


घोराही, २६ कार्तिक । उद्योगी महिला वचत तथा ऋण सहकारी सस्थाको १५ औं बार्सिक साधारण सभा घोराहीमा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष राधा जोशीको अध्यक्षता एबम घोराही उपमहानगरपालिकाका उप प्रमुख हुमा डिसिको प्रमुख आथित्यमा साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रमकि प्रमुख अतिथी डिसिले रुपैयाँबाट बचत गरेका सदस्यको लाखौंको सेयर हुन सफल भएको बताइन । थोरै लगानीले पनि उधमिमार्फत ठूलो लगानी गर्न सक्षम भएको उनको भनाइ थियो । यो सस्थामा आबद्ध भएको महिलाहरुले आफै उधमी भएर बचत गर्ने, लगानी गर्न सक्षम भएको प्रती खुशी व्यक्त गरिन ।

कार्यक्रममा राष्ट्रिय सहकारीको बैंक बुटवल शाखाका प्रमुख नारायण बेल्बासेले सहकारीले सहकारीको नीति नियमा रहेर काम गरेकाले बचत सुरक्षित हुने बताए । सस्थाले बचतमा धेरै ब्याज दिन र लगानी गर्न सक्षम भएको बताए । सहाकारी माफर्त शेयर सदस्यहरुको आर्थिक बिकास हुने बताए । थोरै रकम बाट पनि ठूलो लगानी गर्न सकिने उनले बताए ।

चाहना भन्दा आवश्यकतालाइ मध्यनजर गरेमा सफल उधमी बन्न सकिने उनको भनाइ थियो ।
कार्यक्रममा बचतकर्ता प्रेम कुमारी लम्सालले उधममा प्रवेश गर्न हिच्किचाट लागेपनी काम गर्दै जादा सहज हुने बताइन । उधममा लागेपछी पैसाको महत्त्व बुझिने, आय आर्जनमा सहज हुने बताइन ।

कार्यक्रममा सस्थापक सद्स्य शान्ता बुढाथोकी, सहभागीको तर्फबाट सिवानी थापा लगाएतले बोलेका थिए । त्यस अवसरमा जेष्ठ बचतकर्ता कृष्णादेबि थापा , असल बचतकर्ता प्रेमकुमारी लम्साल,एस इ इमा उत्कृष्ट अन्क ल्याउने साधना खत्री लगाएतलाइ सम्मान गरिएको थियोे ।
सस्थाको उपाध्यक्ष संज्ञाराज भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सस्थाकी दिपा थापाले गरेकी थिइन ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad