Ad Area

ब्लड अभाव हटाउन नेविसंघद्वारा‘रक्तदान’


दाङ, २९ कार्तिक । मंसिर ४ गते हुने आम निर्वाचनको प्रचारप्रसार रक्तदाताहरू हिडेसँगै जिल्लामा क्रियाशील सामाजिक संघसंस्थाहरूले रक्तदानका कार्यक्रम नगर्दा केही दिनयता बिरामीलाई देखिएको रगतको अभाव हट्न थालेको छ । अप्रेशन, डेलिभरीलगायतका बिरामीलाई अत्यावश्यक पर्ने ब्लड जिल्लामा अभाव हुन नदिनका लागि सामाजिक संघसंस्थाहरूसँगै राजनीतिक दलका भ्रातृ संस्थाहरूले रक्तदानका कार्यक्रमहरू राख्न थालेपछि जिल्लामा ब्लडको अभाव हट्न थालेको रक्त सञ्चार केन्द्र दाङका इञ्चार्ज दीलिप न्यौपानेले जानकारी दिएका छन् ।
न्यौपानेकाअनुसार तीन दिनको अवधिमा करिब ६० जना बढीले रक्तदान गरेका छन् । नेपाल विद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पसन घोराही, बैंकर्स क्लव र सत्यसाई केन्द्र रतनपुरको आयोजनामा भएको रक्तदान कार्यक्रममा ६० जना बढीले रक्तदान गरेका छन् । नेपाल विद्यार्थी संघ महेन्द्र बुहुमुखी क्याम्पस इकाई समितिले सोमवार र बैंकर्स क्लव र सत्यसाई केन्द्र रतनपुरले शनिवार रक्तदानको कार्यक्रम गरेका थिए ।

नेपाल विद्यार्थी संघको आयोजनामा भएको रक्तदान कार्यक्रममा योगेन्द्र जिसी, घनश्याम कोइराला, माधव बस्नेत, श्रवण अधिकारी, टेकेन्द्र जिसी, सुन्दर जिसी, निमबहादुर विक, अग्नि अधिकारी, विशाल भट्टराई, लिलाधर वली, नारायण पोख्रेल, शान्तरामसुनार, श्रीधर केसी, मेघबहादुर खड्का, सतीश अर्याल, रूपेश पाण्डे, प्रेमसिंह वली, बलबहादुर वली, हकीरामकुमार शाह, धीरजकुमार शाह, राहुल धेनी, गोपीकृष्ण चौधरी, लालिन्द्र शाह, सुमन पोख्रेल, बसन्त कडेल, अमरजित नेपाली, नवीन केसी, बसन्त भण्डारी, खगराज खनाल, गोविन्द विष्ट र शिव थापाले रक्तदान गरेको नेपाल विद्यार्थी संघका नेता निरज गिरीले जानकारी दिएका छन् ।

बिरामीलाई अत्यावश्यक पर्ने ब्लड अभावको समाचार बाहिर आएपछि आपूmहरूले रक्तदानको कार्यक्रमको आयोजना गरेको नेता गिरीले बताएका हुन् । नेपाल विद्यार्थी संघ महेन्द्र बुहुमुखी क्याम्पस इकाई उपसभापति पूर्ण कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य वीरबहादुर खत्री ‘वीरू’, घोराही उपमहानगरपालिका वडा नं. १५ का वडा सदस्य लेखनाथ बुढाथोकी, नेपाल विद्यार्थी संघका नेता कुलराज पोख्रेल, निरज गिरी, मनोज डिसी, गुरु गौतम, दीपेन्द्र खड्का, प्रख्यात सुवेदी, ओमप्रकाश शर्मालगायतको उपस्थिति रहेको थियो । निर्वाचनका क्रममा रक्तदानका कार्यक्रमहरू नहुँदा जिल्लाका घोराही, लमही र तुलसीपुरमा रहेका ३ अस्पतालहरूमा रगतको अभाव देखिएको थियो ।

रक्त सञ्चार केन्द्र दाङको रजिष्ट्ररमा रहरले १÷२ पटक रगत दान गर्नेदेखि कसैको जीवन बचाउनकै लागि नियमित ७० पटकसम्म रगत दान गर्ने करिब ७ सय रक्तदाताको नाम सूचिबद्ध छ तर समय पुगेपछि नियमित रगत दान गर्ने घोराही क्षेत्रमा २५÷३० जना छन् । दसैँ यता कुनै पनि सामाजिक संघसंस्थाले रगत संकलनको लागि भनेर कार्यक्रमको आयोजना नगर्दा जिल्लामा रगतको समस्या देखिएको रक्त सञ्चार सेवा केन्द्र दाङका इञ्चार्ज न्यौपानेले जानकारी दिएका छन् ।

उनकाअनुसार दाङ जिल्लामा महिनामा कम्तिमा ५ सय युनिट रगतको आवश्यकता पर्ने गरेको छ । लमही अस्पतालमा मृगौलाको डायलासिस गर्ने बिरामी र घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरी सेवा लिनेहरूका लागि बढी रगत खपत हुने गरेको छ । दाङ जिल्लामा १÷२ पटकदेखि ७० पटकसम्म रगत दान गर्ने दाताहरू छन् तर सीमित व्यक्ति मात्रैले भन्दा पनि रक्तदाताको संख्या नबढ्दा समस्या भएको थियो । १८ वर्षमाथि उमेर, ५० किलोभन्दा माथि तौल भएका स्वस्थ पुरुषले ३÷३ महिनामा वर्षको ४ पटक र महिलाले ४÷४ महिनामा वर्षको ३ पटक रगत दान गर्न सकिने चिकित्सकहरू बताउँछन् ।

Blog Post Ad

रगत दान गर्दा शरीरलाई कुनै हानी नोक्सानी नगरी शरीरमा भएको रगतको मात्रालाई पातलो बनाउने र यसले हाम्रो मुटुलाई फाइदा पु¥याउने उनीहरूको भनाइ छ । रक्तदान गर्दा शरीर फूर्तिलो हुने रक्तदाता जितबहादुर केसी बताउँछन । ७०औँ पटक रक्तदान गरेका केसीले मानवीय दानका लागि सबैभन्दा ठुलो रक्तदान भएकाले युवाहरूलाई रक्तदानमा सहभागी हुन आग्रह गरेका छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Blog Post Ad Blog Post Ad