Ad Area

आम निर्वाचन : मंसिर १ गतेदेखि ३ गतेसम्म रातको समयमा सवारीसाधन सञ्चालनमा रोक


दाङ, २९ कार्तिक । आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय दाङले अत्यावश्यक सेवाका सवारीसाधन बाहेकका सवारीसाधनहरुलाई रातको समयमा चल्न रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङले सोमवार विज्ञप्ति जारी गर्दै निर्वाचनका सन्दर्भमा समाजमा डर,त्रास एवं भय सृजना गरी निर्वाचनको शान्तिपूण वातावरण बिथोल्ने जस्ता कार्यहरु हुन सक्ने भन्दै मंसिर १ गते साँझ ६ बजेदेखि ३ गते विहान ६ बजेसम्मलाई स्वास्थ्य, विद्युतीय, कृषि, दुग्ध, माछा, मासु, शव बहान, इन्धन र टेलिकमका सवारीसाधन बाहेक अन्य सवारीसाधन चलाउन नपाइने निर्णय गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनद्वारा हस्ताक्षरित विज्ञप्तिमा निर्वाचनका क्रममा हुन सक्ने अपराधिक क्रियाकलापलाई रोक्नका लागि अत्यावश्यक सेवाका सवारीसाधनहरुलाई रातको समयमा रोक लगाउने निर्णय गरेको बताइएको छ ।

साथै २०७९ मंसिर ४ गते आइतवार मतदान हुने दिनका लागि निर्वाचन आयोगबाट जारी भएको सवारी आवागमन व्यवस्थापन सम्वन्धी मापदण्ड जिल्लामा सवारी पास लिएका सवारीसाधनहरु भिआईपी सवारीसाधनहरु,सवारी पास अनुमति लिएका उम्मेदवाहरुको लागि तोकिए बमोजिमका सवारीसाधनहरु, लामो दुरी र छोटो दुरीका यात्रुबाहक सवारी साधन,सरकारी सेवाका सवारी साधन,कर्मचारी परिचयपत्र भएका सवारी साधनलाई सञ्चालन गर्न दिइने भएको छ ।

त्यसैगरी निर्वाचनमा खटिएका सवारीसाधान (राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यवेक्षक र अनुगमन टोली), सञ्चारकर्मी (परिचयपत्र बाहक)का सवारीसाधन, निर्माण कार्यमा संलग्न सवारीसधन, नजिकको सुरक्षाबाट पूर्व स्कवीकृति लिएका वा पूर्व जानकारी गराइएका सवारी साधनहरु र जिल्लाभित्रबाट अन्य बाहिर जिल्लामा जाने सवारी साधनहरुलाई भने छुटको व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad