Ad Area

लायन्स क्लबका नयाँ सदस्यहरूलाई नेतृत्व विकास तालिम


दाङ, २९ कार्तिक । लायन्स क्लब अफ घोराही सिटीले नयाँ सदस्यहरूका लागि नेतृत्व विकास तालिम सञ्चालन गरेको छ । क्लबको आयोजनामा घोराही– १३ बाह्रकुनेमा तालिम सम्पन्न भएको हो ।

लायन्स क्लब अफ घोराही सिटीका अध्यक्ष पवन योगीको अध्यक्षता र लायन्स क्लबका डिस्ट्रिक ३२५एन का प्रथम भाइसगभर्नर एमजिएफ मुकुट ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताले लायन्स क्लबले सामाजिक क्षेत्रमा गरेको योगदान महत्वपूर्ण भएको भन्दै सामाजिक कार्यलाई थप गर्न आवश्यक भएको बताएका थिए । कार्यक्रममा लायन्स क्लबका एओजी युवराज थपलिया, एरिया चिफ तेजप्रसाद अधिकारी र ध्रुव गौतम, लायन्स क्लब अफ घोराही सिटीका संस्थापक अध्यक्ष तुलसीराम राना, पूर्व अध्यक्ष भोलानाथ अधिकारी, निवर्तमान अध्यक्ष ललित श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तालिमको प्रशिक्षकमा लायन्स क्लबका डिस्ट्रिक्ट ३२५ एन का प्रथम भाइस गभर्नर एमजिएफ मुकुट ढकाल, लायन्स क्लब अफ घोराही सिटीका संस्थापक अध्यक्ष तुलसीराम राना, पूर्व अध्यक्ष भोलानाथ अधिकारी थिए । कार्यक्रम संयोजक राजिव योगीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण लायन्स क्लब घोराही सिटीका तृतीय उपाध्यक्ष सनत गिरी र क्लबका सचिव रविकिरण केसीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad