Ad Area

दाङ–२ मा त्रिपक्षीय भिडन्त : कसलाई को भारी ?


दाङ । मंसिर ४ गते हुने दाङ क्षेत्र नं. २ मा चुनावी प्रतिष्पर्धा कडा हुने देखिएको छ । एमालेका महासचिव शंकर पोखरेल, गठबन्धनबाट माओवादीकी रेखा शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट ईञ्जिनियर विशाल अधिकारीबीच कडा टक्कर हुने देखिएको हो ।

हेभिवेटका नेता मानिएका एमाले महासचिव शंकर पोखरेल र गठबन्धनबाट माओवादी केन्द्रकी रेखा शर्मासँग प्रतिष्र्धा गर्न घण्टी चुनाव चिन्ह लिएर ई. विशाल अधिकारीको इन्ट्रीले यहाँको चुनावी महोतल तातिएको छ ।

गठबन्धनकी शर्मालाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा सहित पाँच दलको साथ छ भने एमालेका उम्मेदवार पोखरेल एक्लै छन् । त्यस्तै बैकल्पीक राजनीतिक शक्तिका रुपमा आएका विशाल अधिकारी पनि बलियो देखिन्छन् । उनलाई युवा पुस्ताका राम्रो समर्थन छ भने राजनीतिक दलहरु प्रति वितृष्णा भएका ठूलो मतदाता संख्याको पनि उनलाई साथ छ । आ–आफ्नो ठाउँमा बलियो मानिएका यी तीन उम्मेदवारबीच प्रतिस्पर्धा पेचिलो हुने चर्चा छ ।

सत्तारुढ गठबन्धन र घण्टीलाई चिर्दै एक्लै जित निकाल्नु एमालेका शंकरलाई सजिलो छैन । त्यस्तै शंकरको पनि विगतमा निर्वाचन जितेको राम्रो परिणाम छैन । उनी २८ वर्ष यता प्रत्यक्ष चुनाव जितेर सांसद बनेका छैनन् । त्यसमाथि जिल्लाको केन्द्रीय नेता भएर जिल्लामा उल्लेखनिय काम नगरेको भन्दै उनी प्रति असन्तुष्टी छ ।

गठबन्धनकी उम्मेदवार शर्मालाई पनि चुनाव जित्न सजिलो छैन । उनले कांग्रेसको भरमा चुनावमा जित निकाल्नुपर्नेछ । तर कांग्रेसमा हुने अन्तराघातका कारण उनलाई जित निकाल्न गाह्रो पर्ने देखिन्छ । गठबन्धनमा हुने अन्तरघातले रेखालाई चुनावमा जित निकाल्न अफ्ठयारो पर्नेछ । उसो त गठबन्धनमा इमानदारिता हुँदैन भन्ने कुरा वैशाख ३० गतेको स्थानीय तहको चुनावले पनि देखाई सकेको छ । स्थानीय तहको चुनावमा घोराही र तुलसीपुर उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारले चुनाव हारेका थिए ।
ईञ्जिनियरीङ पृष्ठभूमीबाट घण्टी चुनाव चिन्ह लिएर चुनावमा होमिएका ३० वर्षिय युवा उम्मेदवार अधिकारीलाई दुई ठूला दलका उम्मेदवारकाबीच जित निकाल्नुपर्नेछ । बैकल्पीक राजनीतिक शक्तिका रुपमा आएका ई. अधिकारीले दुई दलको मत चोरेर जित आफ्नो पक्षमा निकाल्न मेहेनत गर्नुपर्ने देखिन्छ ।

त्यसो त जिल्लामा अहिले घण्टीको क्रेज बढ्दो देखिन्छ । आफूलाई सिंगो युवाहरुको समर्थन रहेको र राजनीतिक दलको विकल्प खोजिरहेका मतादताहरुले आफूलाई मतदान गर्ने ई अधिकारी दाबी गर्छन् । अधिकारीले घण्टीको बढ्दो क्रेजको फाइदा उठाउँदै दुई प्रमुख दलका उम्मेदवारको राम्रैम मत तान्ने देखिन्छ ।

Blog Post Ad

खास गरी गठबन्धनबाट असन्तुष्ट कांग्रेसका धेरै मतदाताले यसपटक घण्टी रोज्ने प्रवल सम्भावना छ । यसो हुँदा शर्मालाई गाह्रो पर्ने देखिन्छ । त्यस्तै घण्टीले कांग्रेसको एमालेका मत पनि काट्ने उतिकै बलियो सम्भावना छ । त्यसमय पनि युवा मतादाताकोहरुको समर्थन एमालेलाई नहुँदा त्यो मत घण्टीको पक्षमा जाने विश्लेषण गरिएको छ ।
विषेश त घण्टीको प्रभाव दाङ घोराही र नारायणपुरको बजारी क्षेत्रमा बढी देखिन्छ । त्यस्तै दाङ क्षेत्र नं. २ ख मा आफ्नो बलियो प्रभाव रहेको ईञ्जिनियर अधिकारीको दाबी छ ।

त्यस्तै दलहरुप्रतिको वितृष्ण, नैराश्यता र वैकल्पीक राजनीतिक शक्तिको खोजीले पनि घण्टी चुनाव चिन्हका उम्मेदवार इञ्जिनियर अधिकारी जित आफ्नो पक्षमा हुनेमा विश्वस्त देखिन्छन् ।

तीब्र प्रचार प्रसार

निर्वाचनको मिति घोषणा हुनु अघि नै दाङ–२ बाट चुनाव लड्ने मानसीकता बनाएर गृह जिल्ला फर्किएका ई अधिकारीले पछिल्ला दिनहरुमा आफ्नो चुनावी प्रचार–प्रसार तिब्र पारेका छन् ।

दुई ठूला दलका उम्मेदवारले भन्दा अघि नै घोषणा पत्र सार्वजनिक गरेका उनी अहिले दिनहुँ घरदैलो र मतदाता भेट्नमा व्यस्त छन् । चुनावको मुखमा उनले मतादता भेटघाटको दौडधुप झन् बढाएका छन् । उनले चुनावको मुखमा आन्तरिक गतिविधि झन् तीब्र पारेका छन् । भित्रभित्र मतादता भेटघाट र अन्य दलबाट असुन्तुष्टी पक्षसँग भेटघाटलाई बढाएका छन् । यसलाई उनले चुनावी जित्ने रणनीतिकका रुपमा अगाडी सारेका छन् ।

दलहरुको विल्पक स्वरुप दाङको विकासको लागि आफू राजनीतिमा आएको ईञ्जिनियर अधिकारीले बताए । उनले आफू बैकल्पीक राजनीतिक धारका विश्वास राख्ने र सिंगो युवाहरुको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा आएको बताए । ई. अधिकारीले मतादतामा दलहरुप्रति वितृष्ण बढेकाले त्यसको विकल्पको रुपमा जनताले आफूलाई नै रोज्ने बताए ।

उनले सिंगो युवा मतादताहरुको समर्थन आफूलाई रहेको भन्दै यसपटक चुनाव जित्ने बताउँदै आँएका छन् । ‘दलहरुलाई नै जिताउनुपर्छ भन्ने मतदाताहरुको पुरानो मानसीकता यो पटक फेरिएको छ । दलहरुले विगतमा आश्वासन देखाउँने र झुक्याउने काम मात्र गरे । यो कुराको जनताले राम्रै हिसाब राखेका छन्’ उनले भने, ‘अहिले दलहरुप्रति मतदाताहरुको आर्को छ । यो पटक जनताले बिकल्प खोजेका छन् ।’

३० वर्षिय युवा ई.अधिकारी दाङको घोराही उपमहानगरपालिका–४ लक्ष्मीपुर निवासी हुन् । । माध्यामिक विद्यालय डाँडागाउँबाट माध्यमीक तहको पढाई पुरा गरी काठमाडौमा गएर त्रिभुवन विश्वविद्यायल ईञ्जिनियरिङ अध्ययन संस्थानबाट नविकरणीय उर्जा सम्बिन्धी विषयमा ईञ्जिनियरिङ गरेका हुन् । उनीसँग नविकरणिय उर्जा, माइका्रे हाइड्रो पावर, इनर्जी अडिट र औद्योगिक ग्रामको प्लानिङका क्षेत्रमा काम गरेको राम्रो अनुभव छ ।

 

Blog Post Ad Blog Post Ad