Ad Area

निर्वाचनका लागि कार्यस्थल खट्दै कर्मचारीहरु


घोराही,३० कात्तिक । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि दाङमा कर्मचारीहरु परिचालन हुन थालेका छन् । प्रदेश निर्वाचन कार्यालय दाङले निर्वाचनका लागि कर्मचारीहरुलाई नियुक्तपत्रसँगै मतदानका लागि आवश्यक सामग्री दिएर कर्मचारीहरुलाई मतदान केन्द्रमा खटाएको हो ।

जिल्लाका ३ वटै निर्वाचन क्षेत्रमा भौगोलिक रुपमा टाढा रहेका मतदान केन्द्रहरुमा पहिलो दिन कर्मचारीहरुलाई खटाइएको प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीले जानकारी दिनुभएको छ । घोराहीदेखि नजिकै रहेका मतदान केन्द्रहरुमा भोली विहिवार खटाउने समेत बताउनुभयो । कार्यालय प्रमुख भण्डारीका अनुसार जिल्लामा १ सय ५३ मतदान स्थल र ४ सय ६५ मतदान केन्द्रहरू रहेका छन् ।

जिल्लमा कैदीबन्दीका लागि दुईवटा अस्थायी मतदान केन्द्र रहेका छन् । कैदीबन्दीहरुका लागि घोराही र तुलसीपुर कारागारमा मतदानको लागि अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ । यस पटक जिल्लामा निर्वाचनका लागि ३ हजार ७ सय २० जना कर्मचारी परिचालन हुने भएका छन् ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad