Ad Area

दाङ क्षेत्र नं. ३ मा मतगणना सुरु


घोराही, ३ मंसिर । दाङको क्षेत्र नं. ३ मा मतगणना सुरु भएको छ । राजनीतिक दलहरुको सर्वदलिय बैठकको आधारमा क्षेत्र नं. ३ मा १०ः३० बजेदेखि मतगणनाको काम सुरु हुने भनिएपनि करिव डेढ घण्टापछि मतगणना सुरु भएको हो ।

निर्वाचन क्षेत्र नं. ३ को तुलसीपुर उपमहानगरपालिका–५ तुलसीपुरस्थीत भु तथा जलाधार व्यवस्थापनको कार्यालयको हलमा मतगणनाका लागि मतपत्रहरु पट्याउने काम भैरहेको छ । आइतवार भएको मतदानमा क्षेत्र नं. ३ मा ९० हजार ५ सय ३० मत खसेको थियो । क्षेत्र नं. ३ मा प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, नेकपा एमालेबाट कोमल वली,राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमल सुवेदीलगायतका १७ जना उम्मेदवारहरु रहनुभएको छ ।

त्यसैगरी निर्वाचन क्षेत्र नं. २ मा ११ बजेदेखि मतगणना गर्ने भनिएपनि केही समय पछि मतगणनाको तयारी सुरु भएको छ । सोमवार विहान बसेको सर्वदलिय बैठकले ११ बजेदेखि मतगणना गर्ने सहमती अनुसार जिल्ला समन्वय समितिको सभाहलमा मतगणनाको तयारीलाई अघि बढाइएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभएको छ । आइतवार भएको मतदानका क्रममा क्षेत्र नं. २ मा ७९ हजार ४ सय ३७ मत खसेको छ । यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य रेखा शर्मा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, स्वतन्त्रबाट बिशाल अधिकारीलगायतका १४ जना उम्मेदवारहरु रहनुभएको छ ।

क्षेत्र नं. १ मा दिउँसो १ बजेदेखि गणना हुने

त्यसैगरी दाङमा क्षेत्र नं. १ को मतगणना दिउँसो १ बजेदेखि सुरु हुने भएको छ । सोमवार विहान बसेको सवैदलिय बैठकले दिउँसो १ बजेदेखि क्षेत्र नं. १ को मत गणना गर्ने सहमति गरेको थियो । मत गणना लमही बजारमा रहेको लमही नगरपालिकाको हलमा हुने भएको छ । क्षेत्र नं. १ मा ७८ हजार ६ सय ९५ मत मत खसेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
क्षेत्र नं. १ मा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा सहरी विकास मन्त्री मेटमणि चौधरी, नेकपा एमालेबाट शान्ता चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवराज पाठक, हाम्रो नेपाली पार्टीबाट पूर्व सांसद गंगा चौधरीलगायतका १२ जना उम्मेदवारहरु रहनुभएको छ । दाङ जिल्लामा राजनीतिक दल र स्वतन्त्र गरेर प्रतिनिधिसभा सदस्यका लागि ४३ जना र प्रदेशसभा सदस्यका लागि ४६ जना उम्मेदवार रहनुभएको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad