Ad Area

दाङ क्षेत्र नं. २ मा मतगणना सृुरु


घोराही, ५ मंसिर । दाङ क्षेत्र नं. २ मा मतगणना सुरु भएको छ । सोमवार विहान बसेको सर्वदलिय बैठक अनुसार अहिले जिल्ला समन्वय समितिको सभाहलमा मतगणना सुरु भएको हो ।

मतगणनाका लागि मतपत्रहरु मतपेटिकाबाट मतगणनास्थलमा खन्याएर पट्याउने काम भैरहेको छ । आइतवार भएको मतदानका क्रममा क्षेत्र नं. २ मा ७९ हजार ४ सय ३७ मत खसेको थियो ।

यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य रेखा शर्मा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, स्वतन्त्रबाट बिशाल अधिकारीलगायतका १४ जना उम्मेदवारहरु रहनुभएको छ ।

Blog Post Ad Blog Post Ad