Ad Area

दाङ क्षेत्र नं.२ (ख) मा कांग्रेसका न्यौपाने बिजयी


घोराही,८ मंसिर । दाङ क्षेत्र नं. २ (ख) मा नेपाली कांग्रेसका नेता प्रचण्डविक्रम न्यौपाने बिजयी हुनुभएको छ । न्यौपानेले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार गिरीराज केसीलाई ७ सय २४ मत अन्तरले पराजित गर्दे बिजयी हुनुभएको हो ।

प्रदेशसभा सदस्यमा बिजयी न्यौपानेले १७ हजार ४२३ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी केसीले १६ हजार ६९९ सय मत प्राप्त गर्नुभएको छ । नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सहमहामन्त्री समेत रहनुभएका न्यौपाने नेपाली कांग्रेस लुम्विनी प्रदेशका प्रवक्ता हुनुहुन्छ ।

लोकतात्रिक बाम गठबन्धनका उम्मेदवार न्यौपाने विजयी भएपनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रुपमा घोषणा भने गरेको छैन । निर्वाचन क्षेत्र नं. २ (ख) प्रदेशमा ४२ हजार ३५४ मत खसेको थियो ।