Ad Area

‘समृद्धिका लागि खेल क्षेत्रको विकास आवश्यक’


दाङ,१० कार्तिक । देशको समृद्धिसँगै अन्तराष्ट्रिय रुपम परिचित गराउनका लागि खेलकुद क्षेत्रको विकास हुन आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

नेपाल हाप्किडो संघ दाङको आयोजनामा घोराहीमा शुरु भएको हाप्किडो खेल सम्वन्धी तीन दिने राष्ट्रियस्तरको रेफ्रि एन्ड जज सेमिनार उद्घाटन समारोहमा बोल्ने बक्ताहरुले देशका गहनाका रुपमा रहेको खेलकुद क्षेत्रको विकासका लागि स्थानीयस्तरबाटै पहल आवश्यक रहेको बताएका हुन ।

समिनारको उद्घाटन गर्दै घोराही उपमहनगरपालिका प्रमुख नरुलाल चौधरीले राष्ट्रको नामसँगै व्यक्तिको नाम र प्रतिष्ठासँग जोडिएको खेल क्षेत्रको बिकास हुन आवश्यक रहेको बताए । खेल क्षेत्रको विकासले देशको समृद्धिसँगै हरेक मानिसहलाई शारिरीक तथा मानसिक रुपमा स्वस्थ बन्न महत्वपूर्ण भूमिका खेल्ने नगर प्रमुख चौधरीको भनाई थियो । खेलकुद क्षेत्रलाई अघि बढाउने उद्देश्य अनुरुप घोराही उपमहानगरपालिकाले हरेक वडाहरुमा खेलकुद मैदान निर्माण गर्ने अवधारणा अघि सारेको बताए ।

‘खेलाडीहरुको व्यक्तिगत फाइदासँगै देशलाई अन्तराष्ट्रिय रुपमा चिनाउनका लागि खेलकुद क्षेत्रको आवश्यक छ । त्यसका लागि खेलकुद क्षेत्रको स्थानीयस्तरबाटै विकास हुन आवश्यक देखिन्छ’,नगर प्रमुख चौधरीले भने,‘त्यही अनुसार घोराही उपमहानगरपालिकाले एक वडा एक खेलकुद मैदानको अवधाराण अघि सारेको छ ।’ नगर प्रमुख चौधरीले फुटवल र भलिवलसँगै अन्य खेलहरुलाई उपमहानगरपालिकाले विकासका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

‘अहिले उपमहानगरपालिकाले मेयरकप फुटवल र उपमेयरकप भलिवल प्रतियोगिता सञ्चालन गर्ने गरेको छ’,नगर प्रमुख चौधरीले भने,‘आगामी दिनहरुका अन्य खेलको विकासका लागि समेत पहल गर्नेछ ।’ युवाहरुलाई अनुशासित बनाउदै समाजको समृद्धिका लागि खेल क्षेत्रको अनिवार्य विकास हुन आवश्यक रहेको बताए ।

Blog Post Ad

कार्यक्रममा नेपाल हाप्किडो संघका केन्द्रीय तथा दक्षिण एसियाली हाप्किडो महासंघका अध्यक्ष कालीबहादुर घर्तीमगरले खेलकुदका माध्यमबाट देशको समृद्धिसँगै युवाहरुलाई अनुशासित र आत्मनिर्भर बनाउनका लागि खेलकुद क्षेत्रको विकासका आवश्यक रहेको बताए । त्यही उद्देश्य अनुसार नेपाल हाप्किडो संघले खेलकुद क्षेत्रलाई ग्रामीणस्तरसम्म विकास गर्दै लगेको बताए ।

‘राष्ट्रको गहनाका रुपमा रहेको खेलकुद हरेक व्यक्तिको स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ’,केन्द्रीय अध्यक्ष घर्तीगमरले भने,‘त्यही अनुसार अहिले हाप्किडो खेलको विकास भैरहेको छ ।’ हाप्किडो खेलले युवाहरुलाई खेलका माध्यमबाट जोड्दै शारिरीक तथा मानसिकहरुमा स्वस्थ्यसँगै सक्षम अनुशासित नागरिक उत्पादन गर्दै देशको खेल क्षेत्रको विकासमा सहयोग पु¥याउने बताए ।

त्यही उद्देश्य अनुसार नेपालमा हाप्किडो खेल सहरमा मात्र नभएर देशका कुना कुनासम्म पुगेको बताएका थिए । उनले अहिलेको राष्ट्रिय सेमिनार दाङमा हुन थालेको नेसनल पाँचौ च्याम्पियनसीप प्रतियोगिताको तयारी अन्तर्गत भएको भन्दै सेमिनारलाई उपभोग गर्न खेलाडीहरुलाई आग्रह गरेका थिए ।दाङ खेलकुदको सम्भावना भएको क्षेत्र भएकाले दाङलाई प्रादेशिक राजधानीसँगै खेलकुदको राजधानीका रुपमा विकास गर्न स्थानीय सरकारसँग अध्यक्ष घर्तिले माग गरेका थिए ।

कार्यक्रममा जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख पदमा चौधरीले खेलकुद क्षेत्रमा सबैभन्दा अनुशासन भएको भन्दै खेलाडी अनुशासित भएर लाग्नुपर्ने बताए । उनले खेलाडीहरुलाई आफुले सिकेको सीप अनुुसार अघि बढ्न सके सफलता प्राप्त गर्ने समेत बताइन ।

कार्यक्रममा दक्षीण एसियायी हाप्किडो महासघका महासचिव एव इण्डियन हाप्किडो सघका महासचिव सुमनसागर राई, अन्तर्राष्ट्रिय रेफ्री तिरण गौतम, दाङ हाप्किडो संघका सल्लाहकार खगेश्वर जिएमलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । दाङ जिल्ला हाप्किडो संघका अध्यक्ष भुवन बुढामगरको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण हाप्किडो संघका केन्द्रीय महासचिव सुवर्ण बिसीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad