Ad Area

शान्ति टोलमा लागुऔषध सचेतना


दाङ,१० कार्तिक । घोराही उपमहानगरपालिका–१७ स्थीत शान्ति टोल विकास सस्थामा लागुऔषध सम्वन्धी सचेतनामुलक कार्यक्रम गरिएको छ ।दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तरगर्त चौथो दिन बुधवार ग्रामीणस्तरमा लागुऔषध सम्वन्धी सचेतना कार्यक्रम गरिएको हो ।

दाङ महिला जेसीजका अध्यक्ष ममता बिष्टको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं. १७ का वडा अध्यक्ष खुशीराम चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले लागुऔषध दुव्यर्सनीलाई रोक्नका लागि स्वयम व्यक्ति सचेत हुनुपर्ने बताएका थिए । समाजमा लागुऔषध सेवनका कारण युवाहरुको भविष्य विर्गनका साथै आर्थिक रुपमा कमजोर बनाउने गरेको बताए ।

त्यसैगरी लागुऔषध सेवनका कारण समाजमा महिलामाथि हिंसा हुने, परिवारमा विखण्डनलगायतका घरेलु हिंसाहरु हुने गरेको भन्दै लागुऔषध दुव्यर्सनीलाई रोक्न सवै सचेत हुनुपर्ने बताएका थिए ।

कार्यक्रममा दाङ महिला जेसीजका सस्थापक अध्यक्ष निर्मला गौतम, दाङ महिला जेसीजका पूर्व अध्यक्ष एव शान्तिनगर टोल विकास सस्थाका अध्यक्ष सुशीला पौडेल,आरोग्य सामुदायिक वन समूहका अध्यक्ष मन्जु रेग्मी, नयाँ पाइला सुधार केन्द्र बिजौरीका कार्यकारी निर्देशक सुरेश भुसाल,शुभकामना प्रगति महिला विकास बहुउद्देश्य सहकारी सस्थाका अध्यक्ष द्रोपदा न्यौपानेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

लागुऔषध सम्वन्धी सचेतना कार्यक्रमको प्रशिक्षकमा नार्काेनन्का लुम्विनी प्रदेश संयोजक बसन्त पुन र महिला मानवअधिकार रक्षकको सञ्जालका अध्यक्ष हुमा डिसी रहेकी थिइन । तालिममा शान्तिनगर टोल विकास सस्थाका ३१ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा सप्ताहव्यापी कार्यक्रमको बारेमा मुल कार्यक्रम संयोजक जुनकुमारी बुढा मगरले जानकारी गराएकी थिइन भने आस्थापाठ कोषाध्यक्ष अनिता ढकालले गराएकी थिइन । कार्यक्रमका सहभागीलाई धन्यावाद कानुनी सल्लाहकार नारायणी भण्डारीले गरेकी थिइन ।

सदस्यता वृद्धि सभापति तथा कार्यक्रम संयोजक मिना भण्डारीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण महासचिव सुनिता थापाले गरेकी थिइन ।