Ad Area

सस्तोमा धान विक्री गर्दै किसान


दाङ, ९ मंसिर । सरकारले चालु आर्थिक वर्ष २०७९÷०८० का लागि मोटो धान प्रतिक्विन्टल दुई हजार ९ सय ६७ र मध्यम धान प्रतिक्विन्टल तीन हजार एक सय २८ रुपैया तोकिएको छ । तर व्यवसायीहरुले भने सरकारले तोकेको मुल्यमा धान खरिद नगर्दा किसानहरु सस्तो मुल्यमै धान विक्रि गर्न थालेका छन् । घरायासी खर्च जुटाउनकालागि किसानहरु सस्तो मुल्यमै धान विक्रि गर्न बाध्य हुने गरेको बताउँन् ।

दाङको घोराही उपमहानगरपालिका–५ धर्ना निवासी किसान सुशील डाँगीले सरकारले धानको मुल्य तोक्ने गरेपनि व्यवसायीहरुले भने त्यो मुल्यमान धान खरिद नगर्दा सस्तो मुल्यमै धान विक्रि गर्नुपर्ने बाध्यता रहेको बताइन् । ‘सरकारले तोकेको मुल्यमा व्यवसायीहरु धान किन्दैनन् । व्यवसायीले तोकेको मुल्यमा धन विक्रि गर्नुपर्छ’,किसान डाँगीले भनिन्,‘जसले गर्दा आफु जस्ता किसानहरु सस्तो मुल्यमै धान विक्रि गर्न बाध्य छौ ।’ उनले मोटो धान प्रतिक्विन्टल २ हजार ३ सय र मसिनो धान प्रतिक्विन्टल २४ सयमा विक्री गरेको बताइन् ।

सरकारले तोकेको मूल्यमा व्यापारीले खरिद नगरेपछि सस्तोमा विक्री गर्नुपरेको उनको भनाई छ । ‘सरकारले तोकेको मुल्यमा किसानले उत्पादन गरेको धान विक्रि भए नभएको कसैले हेर्दैनन् । त्यसले गर्दा व्यवसायीहरुले जति मुल्य लगाउँछन । त्यही मुल्यमा किसानले धान विक्रि गर्नुपर्ने हुन्छ’, उनले भनिन्,‘जसले गर्दा किसानले महगो मुल्य तिरेर ल्याएको मल र मेहनत गरेर उत्पादन गरेको धानको मुल्य नै उठ्दैन ।’ घोराही–१४ झिगौरा निवासी किसान धनिराम चौधरी धान खरिद गर्ने व्यवसायीले सस्तो मूल्य भनेकै कारण विक्री नगरेको बताए ।

‘किसानको मेहनत र महंगी अनुसार सरकारले तोकेको मूल्यपनि कम छ । तर व्यवसायीहरु त्यही मुल्यमा पनि घटाउन खोज्छन’,किसान चौधरीले भने,‘जसले गर्दा व्यवसायीहरु अत्यन्त मारमा पर्नुपर्छ । धान खेतीमा गरेको लगानी नै उठाउन मुस्किल पर्छ ।’ छोराछोरीको पढाईसँगै घरखर्चकालागि पैसा आवश्यक परेपनि कम मुल्यका कारण धान विक्रि गर्न नसकेको किसान चौधरी बताए । सरकारले किसानबाट धान खरिद गरेर व्यवसायीलाई दिने व्यवस्था भए किसानलाई थोरै भएपनि राहत हुने उनको भनाई छ ।

धान खरिद गर्ने सरकारी निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले भने अहिलेसम्म जिल्लामा धान खरिद गर्ने या नगर्ने भन्ने कृषकलाई स्पष्ट रूपमा जवाफ दिनसकेको छैन । केन्द्रबाट हालसम्म धान खरिद गर्ने या नगर्ने भन्ने कुनै पनि जानकारी नआएकाले आफुहरुले किसानहरुलाई धान खरिद गर्ने या नगर्ने भन्ने केही भन्न नसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख तिलक सुनारले जानकारी दिएका छन् । धान खरिदका लागि केन्द्रको परिपत्र आएमा आफूहरूले जिल्लामा खरिद गर्ने बताउनछन् ।

‘धान खरिदका लागि कार्यालयमा अहिलेसम्म कुनै परिपत्र केन्द्रबाट आएको छैन्’,प्रमुख सुनारले भने,‘जसले गर्दा धान विक्रिका लागि सम्पर्क गर्ने किसानहरुलाई समेत स्पष्ट जवाफ दिन सकेका छैनौ ।’ कम्पनीले गत वर्षपनि धान खरिद गरेकाले यसपनि नगर्ने सम्भावना बढी रहेको छ । तर किसानहरु भने व्यापारीले भन्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बढी मूल्यमा धान खरिद गर्ने भएकाले धान खरिद गरिदिन्छ कि भन्ने आशामा बसेका छन् ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad