Ad Area

महासचिव पोखरेलको गृह जिल्लामा एमाले पत्तासाफ


दाङ ९ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलेको निर्वाचन क्षेत्रमा एमाले क्लिन स्विप भएको छ । दाङमा प्रतिनिधि सभाका तीन र प्रदेश सभाका ६ वटा निर्वाचन क्षेत्रमा एमालेलाई हराउँदै गठबन्धनले जित निकालेको हो ।

प्रभावशाली नेता र भावी प्रधानमन्त्रीको रुपमा समेत हेरिएका स्वयं महासचिव पोखरेल पनि दाङ–२ बाट गठबन्धनकी उम्मेदवार रेखा शर्मासँग झिनो मतअन्तरले पराजय भए । माओवादी केन्द्रकी रेखा शर्मासँग १९६ मतले पराजित हुँदा शंकरले २६ हजार ६८१ मत ल्याए । रेखाले भने २६ हजार ८७७ मत ल्याइन् । महासचिव पोखरेलेको यो हारले राष्ट्रिय राजनीति समेत तरङगीत भएको छ । महासचिवको हारसँगै पहिलो शक्ति बन्ने दाबी गर्दै आएको एमालेभित्र पनि सन्नाता छाएको छ ।

निर्वाचनमा होमिदै गर्दा पाँच दलीय गठबन्धन हराउँदै महासचिव पोखरेलेसहित सबै क्षेत्रमा जित निकाल्ने एमालेको दाबी थियो । तर दाङका प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन क्षेत्रमा एमालेलाई गठबन्धन भारी प¥र्याे । फलतः एमालेले सबै निर्वाचन क्षेत्रमा हार व्यहो¥योर्नु प¥र्याे ।

दाङका प्रनिधि सभा र प्रदेश सभा गरी ९ वटा निर्वाचन क्षेत्रमा गठबन्धन दलका उम्मेदवार विजयी भए । दाङ–१ को प्रतिनिधि सभा सदस्यमा एमालेका शान्ता चौधरीलाई ५ हजार ८४ मत अन्तरले हराउँदै नेकपा एकिकृत समाजवादीका मेटमणी चौधरी विजयी भएका छन् । मेटमणीले २६ हजार ५६३ मत ल्याउँदा शान्ताले २१ हजार ४७९ मत पाइन् ।

दाङ–३ मा पनि एमालेकी कोमल वलीलाई हराउँदै कांग्रेसका दीपक गिरी विजयी भए । उनले नेकपा एमालेकी उम्मेदवार कोमल वलीलाई ७ हजार ८१० मतान्तरले पराजित गरे । गिरीले ३६ हजार ८४२ मत पाए भने ओलीले २९ हजार ३२ मत पाए । तीन वटै निर्वाचन क्षेत्रमा परिणाम गठबन्धन सामु एमाले कमजोर देखिन्छ ।

प्रदेश सभा तर्फ पनि गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् । दाङ–१ कै प्रदेश ‘क’ मा एमालेका गंगाराम भट्टराईलाई हराउँदै माओवादीका इन्द्रजित थारु विजयी भएका छन् । प्रदेश सभा ‘ख’ मा पनि गठबन्धनका कुलबहादुर केसीलाई हराउँदै कांग्रेसका अनुराग खड्का विजयी भएका छन् ।
दाङ– २ का प्रदेश सभाका दुवै क्षेत्रमा गठबन्धन विजयी भएको छ । प्रदेश ‘क’ नेकपा एमालेका बलीभद्र रानालाई हराउँदै कांग्रेस राजु खनाल विजयी भए । प्रदेश ‘ख’ पनि एमालेका गिरिराज केसीलाई पराजित गर्दै कांग्रेसका प्रचण्डविक्रम न्यौपाने गुन्टु विजयी भए ।
दाङ–३ ‘१’ र ‘२’ मा पनि गठबन्धनले एमालेका उम्मेदवारलाई हराए । प्रदेश सभा ‘क’ मा एमालेका घनश्याम पाण्डेलाई हराउँदै कांग्रेसका डिल्लीबहादुर चौधरी विजयी भए भने प्रदेश ‘२’ एमालेका हुकुम बस्नेतलाई हराउँदै धनबहादुर ‘मास्की’ विजयी भए । यसले दाङमा एमाले पत्तासाफ हुने देखाउँछ ।
ठूला दललाई घण्टी भारी
यो निर्वाचनमा देशभर बढेको घण्टीको प्रभाव दाङका तीनवटै निर्वाचन क्षेत्रमा पनि परेको छ । तीनवटै प्रतिनिधि सभा सदस्यमा उम्मेदवार उठाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पपुलर मत ल्याएको छ । यसले दुवै ठूला दलका भारी मत काटेको छ । जुन् चुनावी जित÷हारका लागि निर्णाय समेत बन्यो ।

Blog Post Ad

तीनवटै क्षेत्रमा कुल खसेको मत मध्ये घण्टीले एक चौथाई मत ल्याएको छ । दाङ–१ मा नेकपा एसका मेटमणी चौधरीले २६ हजार ५ सय ६३ मत ल्याएर विजयी हुँदा घण्टी चुनाव चिन्हका उम्मेदवार देवराज पाठकले १३ हजार ७९४ मत पाए ।

दाङ–२ मा माओवादकी रेखा शर्माले २६ हजार ८७७ मत ल्याउँदा रास्वपाका विशाल अधिकारीले १५ हजार ८ सय मत ल्याए ।
दाङ–३ मा कांग्रेसका दीपक गिरीले ३६ हजार ८४२ मत पाउँदा घण्टीका कयल सुवेदीले १५ हजार ३०० मत ल्याए । घण्टीले ल्याएको अनपेक्षीत मतलाई निर्णायक रुपमा हेरिएको छ ।

सुरुमा राजनीतिक बृत्तमा स्वतन्त्र पार्टीका उम्मेदवारले एमालेको नभएर गठबन्धनको मत काट्ने अनुमान गरिएको थियो । तर घण्टीका उम्मेदवारले पाएको मत परिणाम हेर्दा एमाले र गठबन्धनका दुवैका मत हाराहारीमा काटेको देखिन्छ । चुनावी अंकगणित अनुसार गठबन्धन भन्दा पछाडी रहेको एमालेलाई घण्टीले मत कटेपछि जित निकाल्न सकस परेको चुनावी विश्लेष्ण छ ।

तर चुनाव अघि भने एमालेले स्वतन्त्र पार्टीका उम्मेदवारले गठबन्धनको मत काट्ने र आफूहरुलाई जित निकाल्न सहज हुने अनुमान गरेको थियो । कांग्रेसको गुटबन्धी तथा माओवादीलाई भोट हाल्न नरुचाउनेले विकल्पका रुपमा कण्टीलाई भोट हाल्ने एमालेको अनुमान थियो । तर घण्टीले पनि एमालेको उतिकै मत काटेको निश्कर्ष एमाले दाङको छ ।

यता, बिना कुनै संगठबन पपुलर मत पाएको घण्टी जिल्लामा तेस्रो शक्तिका रुपमा उभिएको छ ।

Blog Post Ad Blog Post Ad