Ad Area

साङटेखोलामा शवदाह गृह र मलामी प्रतिक्षालय भवन निर्माण


दाङ, १२ मंसिर । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ साङटेखोलामा मलामी प्रतिक्षालय भवन र शवदाह गृह बनाइएको छ ।

सुकिदह सामुदायिक वन उपभोक्ता समुहले आन्तरिक कोषबाट केहि रकम लगानी र तुलसीपुर उपमहानगरपालिकाबाट विनियोजित बजेट तथा विभिन्न सहयोगीदाताहरुको सहयोग मार्फत प्रतिक्षालय भवन र शवदाह गृह बनाइएको हो ।

समुहका अध्यक्ष मन्सराम डाँगीले २०७८ फागुन २७ गतेदेखी सुरु गरिएको निर्माण कार्य २०७९ कात्तिक तेस्रो हप्ता सम्पन्न भएको बताए ।

सामुदायिक वनबाट दुई लाख ५४ हजार , तुलसीपुर उपमहानगरपालिका कार्यालयबाट ४ लाख ६८ हजार १८५ रुपैया, स्थानिय उपभोक्ता जनश्रमदानबाट दुई लाख ७ हजार ६० गरी जम्मा नौ लाख २९ हजार २४५ रुपैया लागतमा निर्माण गरिएको उनले जानकारी दिएका छन् । त्यसैगरी मिश्रीलाल पुनले ३५ बोरा सिमेन्ट, अर्जुन घर्तिले एक टिप बालुवा र एक टिप गिट्टी र चन्द्र बहादुर घर्तिले ८ टिप ढुङगा सहयोग गर्नुभएको अध्यक्ष डाँगीले जानकारी दिए ।
वनको आफनै कोषबाटको केहि रकमले मलामी प्रतिक्षालय बनाउने उद्देश्यका साथ सुरु गरेको भएपनि स्थानिय सरकार तुलसीपुर उपमहानगरपालिकाबाट आबश्यक बजेट विनियोजन भएपछि शवदाह गृह समेत निर्माण गरिएको उनले बताए ।

साङटेखोला घाटमा मलामी विश्राम गृह र शवदाह गृह नहुदा बर्षातको समयमा बाढिको त्रास र हिउँदको समयमा गर्मिको समस्या हुने गरेको थियो ।

यसैबिच तुलसीपुर ४ मा रहेको सुकिदह सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष मन्सराम डाँगीले कोषाध्यक्ष रमेश डाँगीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका छन् । आफु बैदेशिक रोजगारीको शिलशिलामा देश बाहिर जान लागेको भन्दै समुहका कोषाध्यक्ष डाँगीलाई कार्यवाहकको जिम्मेवारी प्रदान गरेको उनले बताए ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad