Ad Area

जिल्लाकै सर्वाधिक पुरस्कार राशीको मीनबहादुर केसी स्मृती कप फुटबल हुँदै


लक्ष्मण बस्नेत
दाङ,१२ मंसिर । दाङ तुलसीपुरको दमारगाउँमा जिल्लाकै सर्वाधिक पुरस्कार राशीको स्वर्गीय मीनबहादुर केसी स्मृति कप फुटबल प्रतियोगिता २०७९ हुने भएको छ ।

टाईगर युवा क्लब तुलसीपुर–३ दमारगाउँको आयोजनामा संचालन हुने प्रतियोगिता यहि मंसिर १४ गते बुधबारदेखि सुरु हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टाईगर युवा क्लब तुलसीपुर ३ दमारगाउ र युवा संजाल भिड्नेछन ।

फुटबल खेलको बिकास र प्रवर्द्धनसंगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्‍याउने मुख्य उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा दाङलगाएत अन्य जिल्लामा स्थापित क्लबका १४ टिमको सहभागिता रहने आयोजक टाईगर युवा क्लबका अध्यक्ष दिनेश गुरुङले जानकारी दिएका छन् ।

एक सातासम्म चल्ने प्रतियोगिताको बिजेता टिमले नगद १ लाख ३० हजार रुपैयाँ, कप , मेडल तथा प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेता टिमले नगद ६५ हजार रुपैयाँ,मेडल तथा प्रमाणपत्र हात पार्ने अध्यक्ष गुरुङले बताए ।

त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फका खेलाडीलाई प्रमाणपत्र तथा ट्रफिले पुरस्कृत गरिनेछ । यसैबीच प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको प्रतियोगिता संचालन समितिका संयोजक सुरबिर गुरुङले जानकारी दिएका छन् ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad