‘दाङको संमृद्धिको लागि भुमिका खेल्ने छौ ’
दाङ, १३ मंसिर । दाङ क्षेत्र नं २ का प्रतिनिधि सभा तथा प्रदेश सभामा नवनिर्वाचित सदस्यहरुले जिल्लाको समृद्धिको लागि भुमिका खेल्ने बताएका छन् ।
दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन । सबै मिलेर जिल्लाको समृद्धिमा अगाडि वढनु पर्ने उनीहरुको भनाइ रहेको थियो । दाङ क्षेत्र नं २ प्रतिनिधि सभाका निर्वाचित सदस्य रेखा शर्माले जिल्लाको विकासका लागि सबै एउटै स्थानमा उभिनु पर्ने बताइन् ।
सबै दलहरु तथा सरोकारवालाहरु एउटै स्थानमा उभिएर अगाडि वढेमा विकासका काम अगाडि वढाउन सहज हुने उनको भनाइ रहेको थियो । विकास निर्माणमा राजनिती गर्न नहुने उनको भनाइ रहेको छ । ‘उम्मेदवार हुदा राजनितीक दलवाट भए हौला निर्वाचित भएपनि साझा भएर काम गर्नु पर्दछ’ उनले भनिन् ।
दाङ क्षेत्र नं २ (१) वाट निर्वाचित प्रदेश सभा सदस्य राजु खनालले विकास निर्माणका कार्यमा देखिएका समस्या समाधान गर्न नितीगत रुपमा परिवर्तन गर्न आवश्यक रहेको बताए । नितीगत रुपमा केही त्रुटि हुदा समस्या भएको उनको भनाइ रहेको छ । नितीगत रुपमा परिवर्तन गरेर अगाडि वढदा काम गर्न सजिलो हुने उनले बताए । ‘पैसा नभएर विकास निर्माणका काम रोकिएको होइन नितीगत रुपमा समस्या हुदा विकास निर्माणका कामहरु अलपत्र परेका छन्’ उनले भने ।
दाङ क्षेत्र नं २ ९२० वाट नव निर्वाचित प्रदेश सभा सदस्य प्रचण्ड विक्रम न्यौपानेले जिल्लाको विकासलाइ सडक सञ्जालले जोडनु पर्ने बताए । सडक सञ्जालले जोडन सकेमा जिल्लाको विकासमा सहयोग पुग्ने उनको भनाइ रहेको छ । अन्र्तर जिल्ला जोडने सडक सञ्जाल जोडन सकेमा यस क्षेत्रलाइ अगाडि वढाउन सकिने उनले बताए । ‘जिल्लामा धेरै संभावना रहेका छन् संभावनालाइ सदुपयोग गरेर अगाडि बढन आवश्यक छ’ न्यौपानेले भने । जिल्लामा कृषि, औद्योगिक तथा पर्यटन क्षेत्रको धेरै संभावना रहेको उनले बताए ।
दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीले आर्थिक विकासका लागि सबै मिलेर अगाडि वढनुपर्ने बताए । जिल्लाको आर्थिक विकासका लागि औद्योगिकको कार्यान्वयन, एयरपोर्ट सञ्चालन, राप्ती स्वास्थय विज्ञान प्रतिष्ठानको विकास, नाप तौलको कार्यालय स्थापना लगाएतका कामहरु अगाडि वढाउनु पर्ने बताए ।
कार्यक्रममा वोल्ने बक्ताहरुले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उदेश्य अनुसार काम अगाडि वढाउनुस पर्ने, कोइलावास नाकामा भन्सार प्रभावकारी रुपमा सञ्चालन गराउन तर्फ लाग्न आग्रह गरेका थिए । उनीहरुले शुसासन पार्दशिता रुपमा काम गर्न, नमुनाको रुपमा काम गर्न, नविनतम सोचका साथ अगाडि वढनु पर्ने, नितीगत सुधार गर्न अगाडि वढन आग्रह गरेका थिए ।
कार्यक्रममा संघका पुर्व अध्यक्षहरु रामदयाल गुप्ता, हेमराज वन्जाडे, मधुसुदन वैद्य, माधवप्रसाद शर्मा, चन्द्रराज पन्त, निवर्तमान अध्यक्ष नारायणप्रसाद शर्मा, उद्योग उपाध्यक्ष अनिल आचार्य लगाएतकाले भनाइ राखेका थिए । कार्यक्रममा नवनिर्वाचितहरुलाई टीका र माला लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा सहभागिहरुलाई धन्यवाद ज्ञापन संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीले गरेका थिए । कार्यक्रमको सहजिकरण संघका महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए ।