Ad Area

कांग्रेस क्षेत्र न. २ ले वडाबाट निर्वाचनको प्रतिवेदन माग गर्ने


घोराही, १३ मंसिर । नेपाली कांग्रेस क्षेत्र नं. २ ले मंसिर ४ गते सम्पन्न प्रतिनिधी सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा पार्टी र उमेद्वारका विरुद्धमा भएको गतिविधीहरुको हरेक वडाहरुबाट प्रतिवेदन माग गर्ने भएको छ ।

क्षेत्रीय समितिको बैठकले निर्वाचनको समिक्षा गर्दै २७ वटै वडाहरुबाट प्रदेश निर्वाचन क्षेत्रीय समितिमार्फत वडामा पत्राचार गरेर आधारसहितको प्रतिवेदन माग गर्ने निर्णय गरेको हो ।
क्षेत्रीय सभापति भीमप्रकाश खड्काको अध्यक्षतामा बसेको बैठकलले निर्वाचन सफल रुपमा सम्पन्न गर्नकालागी महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरेको छ ।

निर्वाचनको समिक्षा गर्दै निर्वाचन सफल बनाउनकालागी भूमिका खेल्ने सम्पूर्ण राजनितिक दल, निर्वाचन कार्यालय, सुरक्षा निकाय, पत्रकार, मानवअधिकारकर्मी लगायत पार्टीका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधी, केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र, नगर, पालिका, वडा, टोल समिति, क्षेत्रीय प्रतिनिधी, क्रियाशील सदस्य लगायत मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।

त्यस्तै बैठकले नेपाली कांग्रेस दाङको पार्टी कार्यालयमा कार्यरत कर्मचारी हेमा बिसीको ममतामयी आमा घोराही उपमहानगरपालिका १६ निवासी टीकाकुमारी बुढाथोकीको मंसिर ४ गते ५६ बर्षको उमेरमा भएको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै मृतकको आत्माको चिरशान्तिको कामनासहित परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।

Blog Post Ad Blog Post Ad