Ad Area

प्याब्सन घोराही रनिङ शिल्ड प्रतियोगिता हुँदै


दाङ,१३ मंसिर । विद्यार्थीलाई पढाईसँगै खेल क्षेत्रमा लाग्न अभिप्रेरित गर्ने उद्देश्यले दाङको घोराहीमा ‘प्याव्सन घोराही रनिङ शिल्ड–२०७९’ प्रतियोगिता हुने भएको छ । रनिङ शिल्डमा कक्षा दशसम्म अध्ययन गर्ने विद्यार्थीहरुले भलिबल,कवड्डीलगायत एथ्लेटिक्सका विभिन्न इभेन्टहरुमा खेल क्षमता प्रदर्शन गर्ने भएका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) घोराही नगर समितिको आयोजनामा यहि मंसिरको १५ गतेदेखि १७ गतेसम्म हुन भएको छ । घोराही उपमहानगरपालिका–१५ भरतपुर खेल मैदानमा हुन थालेको रनिङ शिल्ड प्रतियोगितामा छात्रहरुले भलिवल र कबड्डीमा छात्राहरुले मात्रै सहभागीता जनाउने प्याव्सन घोराही नगर समितिले जनाएको छ ।

प्याव्सनको आयोजनामा पहिलो पटक हुन थालेको रनिङ शिल्ड प्रतियोगितामा छात्रछात्राहरुका लागि १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर र १५०० मिटर, रिले दौडतर्फ छात्रछात्राहरुका लागि ४०० सय र १६०० मिटरमा प्रतिष्पर्धा गर्ने निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याव्सन) घोराही नगर समितिका अध्यक्ष बीरेन्द्र चन्दले जानकारी दिएका छन् । उनका अनुसार प्रतियोगितामा लङ जम्प, ट्रिपल जम्प, हाइ जम्प, सट फुट, ज्याव्लिङ थ्रो र सात कक्षासम्म अध्ययनरत छात्रछात्रा विद्यार्थीका लागि ६० मिटर दौड र लङ जम्प प्रतियोगिताको आयोजना गरिएको छ ।

रनिङ शिल्ड प्रतियोगिताका बारेमा प्याव्सन घोराही नगर समितिले पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको हो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी स्वरुप विद्यार्थीको पढाईसँगै खेलका माध्यमबाट समयको महत्व, अनुशासन,समुह कार्य,शारिरीक तन्दुरुष्टिमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

प्रतियोगीताका बिजेताहरुलाई नगदसहित शिल्ड,ट्रफि र प्रमाणपत्रको व्यवस्था गरिएको छ । प्रतियोगितामा सहभागीताका लागि मंगलवारसम्म घोराही क्षेत्रमा रहेका ३६ बढी विद्यालयहरुले टिम दर्ता गराईसकेका पत्रकार सम्मेलनमा जानकारी गराइरहेको थियो