महिला स्वरोजगार केन्द्रलाई सहयोग गर्ने प्रतिबद्धता
दाङ,१५ मंसिर । घोराही उपमहानगरपालिका उपप्रमुख हुमा कुमारी डिसीले महिला स्वरोजगार केन्द्रले उत्पादन गरेका बस्तीको बजारीकरणमा सहयोग पु¥याउने बताएकी छिन । नेपाल महिला सामुदायीक सेवा केन्द्रले प्रवद्र्धन गरेको हिंसा प्रभावित महिलाहरुको संस्था लैगिक हिसा पुर्नस्थापना केन्द्रले संचालनमा ल्याएको महिला स्वरोजगार केन्द्रको विहिवार अवलोकन गर्दै घोराही उपमहनगरपालिकाका उपप्रमुख डिसीले महिला उत्पादन गरेका सामग्रीहरुको बजारीकरणमा सहयोग गर्ने बताएकी हुन ।
उनले पूँजीको अभावमा उत्पादनमा समस्या र बजारीकरण नहुँदा उत्पादीत वस्तुको समेत खपत हुन नसकेको भन्दै यसमा स्थानीय सरकारको ध्यान जानुपर्ने वताइन । त्यस अवसरमा वोल्दै उपप्रमुख हुमा कुमारी डिसीले स्थानीयस्तरमा उत्पादन भएका वस्तुलाइ उपभोक्ताहरुले आत्मसात गर्न नसक्दा र वजारीकरण हुन नसक्द्या कयौ स्थानीय उद्योगहरु धारासायी भएको वताउदै यसवारे उपहानगरमा आफुले कुरा राख्ने वताइन ।
उत्पादीत वस्तुको गुणस्तरीयता र विश्वशनीयता बढाउन उद्योगहरुले पहल गर्नुपर्ने बताउदै यसमा उपमहनगरले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिइन । उद्योगमा हिसा प्रभावित १० जना महिलाले काम गर्दै आएका छन । महिला स्वरोजागार केन्द्रमा हाल २५०० सय थान तयारी स्यानीटरी प्याड रहेको छ ।
नेपाल महिला सामुदायिक संस्थाकी संस्थापक अध्यक्ष विमला योगीले उपप्रमुख डिसीलाई लैगिक हिंसा पुर्नस्थापना केन्द्रले संचालनमा ल्याएको महिला स्वरोजागार केन्द्रले उत्पादन गरेका सिनेटरी प्याड र न्यानो कपडाको प्रवद्र्धन र बजारीकरणमा समस्या हुँदा हिसा प्रभावित महिलाहरुको स्वरोजागर गुम्ने अवस्था आउन थालेकोप्रति ध्यानार्कषण गराएकी थिइन ।
महिला स्वरोजागार केन्द्रले दाङका विभीन्न सरकारी विद्यालयमा विद्यार्थीहरुलाई निशु्ल्क रुपमा स्यानटरी प्याड वितरण समेत गरेको संस्थापक अध्यक्ष योगीले जानकारी दिइन । साथै त्यहाँवाट उत्पादीत स्यानीटरी प्याड दाङ, महेन्द्रनगरलगायत छिमेकी देश भारत, अमेरिकालगायतका देशहरुमा समेत परिक्षणका लागी पठाइसकेको सस्थाले जनाएको छ ।
एकपटक प्रयोग गरेर सफा गरेर पुन प्रयोगमा ल्याउन सकिने गरि वनाइएको सिनेटरी प्याड स्वास्थ्य र आर्थिक हिसावले समेत गुणस्तरिय र सस्तो रहेको लक्ष्मी गुप्ताले वताएृकी छिन । कार्यक्रमको सहजीकरण लक्ष्मी गुप्ताले सहजीकरण गरेकी थिइन ।