Ad Area

लमहीमा कर्मचारीहरुको आन्दोलन जारी, प्रमुख प्रशासकिय अधिकृतको क्वाटर घेराउ


टेकबहाद्र पुन
दाङ,१५ मंसिर । लमही नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्रबहादुर डाँगी घेराउमा परेका छन ।

वडा अध्यक्षसहित कार्यपालिका सदस्य र आन्दोलनरत कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत डाँगीको सरुवाको माग राख्दै लमही नगर विकास समिति घेराउ गरेका हुन । आन्दोलनमा उत्रिएकाहरुले डाँगीको नेम प्लेट समेत तोडफोड गरेका छन ।

प्रमुख प्रशासकीय अधिकृत डाँगी नगर विकास समितिको क्वाटरमा बसेको सूचना पाएपछि आन्दोलनरत पक्ष विहिवार घेराउ गर्न पुगेका हुन । गत आइतवारदेखि कर्मचारी सेवा प्रवाह ठप्प पारी आन्दोलनमा उत्रिएका छन । मनोमानी रुपमा प्रमुख प्रशासकिय अधिकृतले काम गरेको भन्दै जनप्रतिनिधि र कर्मचारी आन्दोलनमा छन ।

सरुवा भएको केही हप्ताभित्र पुनः लमही नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा हाजिर गरेपछि आन्दोलन चर्किएको हो । सुरुवाती चरणबाट विवादित छविका डाँगीको सरुवा नहुँदासम्म आन्दोलन जारी रहने लमह िनगरपालिका वडा नं. १ का वडा अध्यक्ष दामोदर पौडेलले जानकारी दिएका छन् ।