Ad Area

डेंगीका कारण ६२ जनाको मृत्यू


काठमाडौँ, १७ मंसिर । नेपालमा डेङ्गी संक्रमणका कारण मृत्यु हुनेको संख्या ६२ पुगेको छ ।

थप २ जनाको मृत्ययु भएसँगै नेपालमा हालसम्म डेङ्गी रोगका कारण मृत्यु हुनेको सङ्ख्या ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत साउनदेखि देशैभर फैलिएको डेङ्गी सङ्क्रमणका कारण हालसम्म ५३ हजार ९ सय ५१ जना सङ्क्रमित भएका छन् ।

पछिल्लो समय डेङ्गी सङ्क्रमणको दर घट्दै गएपनि बिरामीहरू अझै अस्पताल पुगिरहेका छन् । यस्तै नेपालमा कोरोना सङ्क्रमणको दर १० भन्दा तल झरेको छ । कोरोना महामारीको तेस्रो चरणको लहरपछि नेपालमा हाल आएर ६ देखि १० जनामा मात्रै सङ्क्रमण देखिन थालेको सरकारको तथ्याङ्कले देखाएको छ ।

हालसम्म नेपालमा कोरोनाका कारण १२ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने १२ लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । अझैपनि देशभर १ सय ३९ सक्रिय सङ्क्रमित रहेका छन् ।

Blog Post Ad Blog Post Ad