Ad Area

सात पार्टीले कटाए थ्रेसहोल्ड


घोराही, १७ मंसिर । मङ्सिर ४ गते भएको निर्वाचनको समानुपातिक तर्फको मतगणना अन्तिममा पुगेको छ ।

निर्वाचन आयोगले अबको १, २ दिन भित्रमा मतगणनाको काम सक्ने जनाएको छ । हालसम्म १ करोड ४ लाख मत गणना भएको छ ।

समानुपातिकतर्फ १ करोड ४ लाख ४ हजार ७ सय ६६ मत गणना भएको निर्वाचन आयोगले जानकारी दिएको छ । अहिले सम्मको परिणाममा नेकपा एमालेले २७ लाख ८३ हजार मत ल्याएको छ, भने नेपाली काँग्रेसले २६ लाख ५२ हजार मत प्राप्त गरेको छ ।

यसैगरि माओवादी केन्द्रले ११ लाख ६१ ह्जार मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २३ हजार मत ल्याएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार मत प्राप्त गरेको छ भने जनता समाजवादी पार्टीले ४ लाख २० हजार मत ल्याएको छ ।

जनमत पार्टीले भने ३ लाख ९४ हजार मत ल्याएको छ । नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीले थ्रेस होल्ड कटाउदा एकिकृत समाजवादी पार्टीले भने कुल खसेको मतको ३ प्रतिशत थ्रेस होल्ड कटाउन सकेन । यसरी हेर्दा संसदमा ७ पार्टी मात्रै थ्रेस होल्ड कटाउने राष्ट्रिय पार्टी बनेका छन् ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad