Ad Area

प्याब्सन घोराही रनिङ सिल्डको उपाधि गोरखालाई


दाङ, १७ मंसिर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन घोराही नगर समितिको आयोजनामा सम्पन्न ञप्याब्सन घोराही रनिङ सिल्ड २०७९ झ को उपाधि गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घोराही दाङले प्राप्त गरेको छ ।

पालिकाभरबाट ३६ वटा संस्थागत विद्यालय सहभागी भएको प्रतियोगितामा गोरखाले रनिङ सिल्डमा समावेश खेलहरूमा १६ स्वर्ण पदक, १ रजत पदक र ३ कास्य पदक सहित रनिङ सिल्डको उपाधि चुमेको हो । मेचीकाली आवासीय माविले २ स्वर्ण, ३ रजत र २ कास्य पदक प्राप्त गर्दै उपविजेता भएको छ । स्टार आवासीय माविले २ स्वर्ण, ३ रजत र २ कास्य पदक प्राप्त गरी तृतीय स्थान प्राप्त गरेको छ।

ज्योतिपुञ्ज आवासीय माविले २ स्वर्ण, ३ रजत र २ कास्य पदक प्राप्त गरेको छ । जनज्योति विद्याश्रमले १ स्वर्ण, १ रजत र १ कास्य पदक प्राप्त गरेको छ ।  राप्ती आवासीय माविले १ स्वर्ण, १ रजत र ३ कास्य पदक प्राप्त गरेको छ ।  दिपशीखा माविले स्वर्ण पदक र २ रजत पदक प्राप्त गरेको छ । ग्रेट बुद्ध एकेडेमीले १ स्वर्ण पदक प्राप्त गरेको छ ।

आर्वर राइजिङले १ स्वर्ण पदक प्राप्त गरेको छ । शान्ति निकेतनले २ स्वर्ण र अरनिको माविले १ स्वर्ण पदक प्राप्त गरेको छ । त्यस्तै लिटल एञ्जल माविले १ स्वर्ण, ४ रजत र ४ कास्य पदक प्राप्त गरेको छ । युनिक मिडवेस्टर्नले १ रजत र १ कास्य पदक प्राप्त गरेको छ ।

ज्ञानज्योति एजुकेसनल एकेडेमीले २ रजत र ३ कास्य पदक प्राप्त गरेको छ । लाली गुराँस माविले १रजत र २ कास्य, नवचेतनाले १ रजत र १ कास्य, अल्फा मावि २ रजत, मनकामना आवासीय माविले १ रजत, रमना पाठशाला १ रजत, डिभाइन एकेडेमी २ रजत, शान्ति सुधा मावि १ कास्य, सनराइज एकेडेमी ४ कास्य र मेरिल्यान्ड माविले १ कास्य पदक प्राप्त गरेका छन् ।

कबड्डीमा उत्कृष्ट खेलाडी रमना पाठशालाका दुर्गादेवी घर्ती मगर र भलिवलमा उत्कृष्ट खेलाडी ज्ञानज्योति एजुकेसनल एकेडेमीका प्रमिसन बुढा घोषित भएका थिए । एथलेटिक्स उत्कृष्टमा गोरखा माविका अन्जु विष्ट ९छात्रा० र निर्मल बिएम ९छात्र० उत्कृष्ट घोषित भएका थिए ।

Blog Post Ad

कार्यक्रममा प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरीले खेल विद्यार्थी जीवनमा पाठ्यक्रमको अध्ययन जतिकै आवश्यक रहेको बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले भने, ‘संस्थागत विद्यालयका विद्यार्थीहरूलाई खेलमा सहभागी गराउने उद्देश्यका साथ प्याब्सन घोराहीले आयोजनाको गरेको प्याब्सन रनिङ सिल्ड र उपमहानगरपालिकाले आयोजना गर्ने राष्ट्रपति रनिङ सिल्डलाई उपमहानगरपालिकाले समान ढङ्गले हेर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’ पढाइसँगै निजी विद्यालयहरूले अतिरिक्त क्रियाकलापमध्ये खेलकुदलाई पनि प्राथमिकताका साथ अगाडि बढाएको नगर प्रमुख चौधरीले आभार प्रकट गरे ।

कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेशका सल्लाहकार महेन्द्र अधिकारीले पनि मन्तव्य राखेका थिए । कार्यक्रममा समुद्घाटन कार्यक्रममा र्यालीमा तथा खेलकुदमा सहभागी विद्यालयहरूलाई पनि प्रमाणपत्र उपलब्ध गराईएको थियो ।

प्याब्सन घोराहीका अध्यक्ष बिरेन्द्र चन्दको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । उपाध्यक्ष सूर्यबहादुर रावतको स्वागत मन्तव्यबाट प्रारम्भ भएको कार्यक्रमको सहजीकरण सचिव बालकृष्ण ओलीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad