Ad Area

प्रतिष्ठानमा ओसिएमसीबाट ८० ले लिए सेवा


दाङ,२३ मंसिर । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत साउनदेखि अहिलेसम्म एकद्वारा संकट व्यवस्थापन केन्द्र (ओसिएमसी)बाट ८० जनाले सेवा लिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको ओसिएमसी कार्यक्रम अन्तर्गत बाट बलत्कार, घरेलु हिंसा, सुरक्षित गर्भपतन, शारीरीक चोटपटक,बालबिबाह, मानसिक यातनालगायत घटनाका पीडित ८० जनाले सेवा लिएको प्रतिष्ठानका सूचनाअधिकारी निशानदाजु भट्राईले जानकारी दिएका छन् ।

२०६९ सालदेखि प्रतिष्ठानले ओसिएमसी सेवा दिदैं आएको छ । ओसिएमसीका फोकल पर्सन सुस्मीता पोख्रेलका अनुसार ओसीएमसीमार्फत् सेवा लिने सबैलाई निशुल्क उपचार गरिरहेको बताइन् । पोख्रेलका अनुसार ८० जना मध्य ५१ जना आफै, २९ जना प्रहरी मार्फत् र ४ जना अन्य अस्पतालहरुबाट रिफर भएर सेवा लिन आएका छन् । अस्पतालमा उपचार लिन आएका बिरामीलाई रगत जाँच, खाना, खाजा, कपडा सबै निशुल्क उपलब्ध गराउँने गरेको उनले बताइन ।

प्रतिष्ठानको तथ्यांक अनुसार सेवा लिने मध्य अधिकांश १५ देखि ४९ वर्ष उमेर समूहका छन् । सो उमेर समूहका ६० जनाले सेवा लिए । त्यस्तै १४ वर्ष मुनिका १७ जना, ५० देखि ६५ वर्ष उमेर समूहका २ जनाले सेवा लिएका छन् । प्रतिष्ठानका अनुसार ओसिएमसीमार्फत् शारीरीक चोटपटक लागेका १४ जना, यौनजन्य हिंसामा परेका २५ जना, घरेलु हिंसाका ४९ जना र जेल जीवनमा परेका २ जनाले सेवा लिएको प्रतिष्ठानले जनाएको छ ।

कार्यक्रम संचालन गर्न जनशक्तिको चुनौती रहेको ओसिएमसीका फोकल पर्सन पोख्रेलले बताइन । ‘कम जनशक्तिका कारण कार्यक्रम संचालन गर्न चुनौति छ’,फोकल पर्सन पोख्रेलले भनिन्,‘ एक जना डाक्टर, एक जना प्रहरी कर्मचारी र म गरेर तीन जना मात्रै कर्मचारी रहेकाछौं । थोरै कर्मचारीले सेवा दिनु चुनौति छ । ’ प्रतिष्ठानलाई सरकारले यो आर्थिक वर्ष ओसिएमसी कार्यक्रमका लागि १५ लाख रुपैंया उपलब्ध गराएको छ । पोख्रेलले अस्पतालमा उपचार हुन नसक्ने अवस्थाका पीडितलाई अन्य ठूला अस्पतालमा पठाउने गरिएको बताइन् ।