Ad Area

घोराहीमा पत्रकारका लागि बिज्ञान लेखन तालिम सुरु


दाङ, २६ मंसिर । दाङको घोराहीमा पत्रकारहरुका लागि बिज्ञान लेखन तालिम सुरु भएको छ । नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) को आयोजनामा सोमबारदेखि पत्रकारहरुलाई बिज्ञान सम्बन्धि प्राबिधिक ज्ञान दिने उद्देश्यले तालिम सुरु गरिएको हो ।

तालिम उद्घाटन कार्यक्रममा बोल्नेहरुले तथ्यमा आधारित रहेर पत्रकारिता गर्नुपर्ने बताएका छन् । पछिल्लो समय हचुवाका भरमा समाचार सामाग्रि प्रकाशित गर्ने र पछि असत्य सावित हुँदा माफी माग्नुपर्ने अवस्था आएको भन्दै सचेत रहनुपर्ने आवश्यकता औल्याएका हुन् । बिज्ञान सम्बन्धि समाचार लेख्दा बिषय प्रष्ट नहुँदा समस्या हुने उनिहरुको भनाई थियो ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले जानकारी अभावमा भ्रमपूर्ण समाचार आउन सक्ने तर्फ सचेत हुन आग्रह गरे । कुनैपनि विषयमा लेख्दा र वोल्दा विषयको बारेमा सचेत रहन आवश्यक भएको बताए । मिडिया मात्र होइन सबै क्षेत्रमा काम गर्नेहरु आफुले गर्ने कामको बारेमा बिज्ञ हुन आवश्यक छ, उनले भने । कार्यक्रममा बोल्दै प्रमुख चौधरीले भने,‘मिडिया सवैलाई सचेत बनाउने माध्यम हो, त्यसैले सम्यमता अपनाउन आवश्यक छ ।

नगर प्रमुख चौधरीले समृद्व र समुन्नत समाज निर्माणका लागि पनि यो तालिमले सहयोग पुग्ने बताए । स्मार्ट सिटीलाई समेत बिज्ञान र प्रविधिले जोड्ने भएकाले हरेक नागरिकले प्रबिधिको बिकासमा जोड दिनुपर्ने बताएका थिए । तालिम पूर्ण नभएपनि सिक्न चाहने व्यक्तिका लागि उपयोगी हुने बताए ।

नेपाल पत्रकार महासघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीले हरेक दिन हरेक विषयमा ज्ञान राख्नुपर्ने भएकाले पत्रकारहरुले सबै विषयमा ज्ञान राख्नुपर्ने बताए । तथ्यमा आधारित समाचार लेखनसंगै समाजलाई सहि सूचना दिनका लागि हरेक पत्रकारले ज्ञान हाँसील गर्नुपर्ने बताए ।

कार्यक्रममा तालिमको उद्वेश्यका बारेमा वरिष्ठ पत्रकार केदार शर्माले जानकारी दिदै तालिमले अबैज्ञानिक लेखनलाई चिर्दै बिज्ञान संम्बत लेखनलाई सहयोग पुग्ने बताए । उनले यस्ता कार्यक्रमहरु देशभर गर्दै हिडेको बताएका थिए । नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) का उपकुलपति डा सुनिलबाबु श्रेष्ठको अध्यक्षमा भएको कार्यक्रमको सहजीकरण नास्टका प्रबर्द्धन तथा प्रचार महाशाखा प्रमुख लुना बज्रले गरेकी थिइन् । तालिमको प्रशिक्षकमा केदार शर्मा र छत्र कार्की छन् ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad