Ad Area

हिरासतमा भएका श्रीमान भेट्न आएकी श्रीमती ब्राउनसुगर सहित पक्राउ


घोराही, २६ मंसिर । दाङ जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा रहेका श्रीमानलाई भेट्न आएकी श्रीमतीको साथबाट लागुऔषध ब्राउनसुगर फेला पारिएको छ ।

लागु औषध मुद्दामा पक्राउ परी हिरासतमा रहेका २२ बर्षमा अशोक खड्कालाई भेट्न आएकी उनकी २६ बर्षकी श्रीमती शान्ति घर्ती खड्काको साथबाट एक सय २० मिलिग्राम ब्राउनसुगर फेला पारिएको हो ।

घोराही १५ मा बसोवास गर्ने घर्तीले लिएको फलफुल (केरा) चेक गर्ने क्रममा ब्राउनसुगर फेला परेको हो । अहिले पक्राउ गरी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ ।

Blog Post Ad Blog Post Ad