Ad Area

उखुको समर्थन मूल्य तोक्न समय लाग्ने


दाङ, २८ मंसिर । उखुको समर्थन मूल्य तोक्न अझै समय लाग्ने भएको छ ।

उखु काट्ने बेला भइसक्दा पनि सरकारले समर्थन मूल्य नतोकेको उखु किसानको गुनासो छ । तर, मूल्य तोक्नको लागि विभागीय मन्त्री नहुँदा समस्या भएको कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले सरोकारवाला निकायसँग छलफल भइरहेपनि मूल्य निर्धारण गर्न भने अझै केही समय लाग्ने बताउनुभयो । समयमा उखुको मूल्य निर्धारण नहुँदा किसानको उखु बिक्री नहुने र उपभोक्ताले महङ्गो मूल्यमा चिनी किन्नु परेको छ । उखुको लागत मूल्य बढेको र खेती गर्ने किसान पलायन भइसकेकाले पनि मूल्य बढाउनुपर्ने किसानहरूको माग छ ।

Blog Post Ad Blog Post Ad