Ad Area

लुम्बिनीको राजधानी देशकै नमुना बन्छ : प्रदेश प्रमुख शेरचन


लमही २८ मंसिर । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेश राजधानी देशकै नमुना बनाउन सकिने बताएका छन् । स्थायी राजधानी दाङको राप्ती गाउँपालिका(३ मा बुधबार प्रदेश सरकारको कार्य शुभारम्भ गर्दै उनले नयाँ ठाउँमा नमुना राजधानी बन्ने बताएका छन् ।

प्रमुख शेरचनले लुम्बिनी प्रदेश सरकारले तोकेको स्थायी राजधानी नितान्त नयाँ सहर बनाउने ठाउँमा भएको भन्दै आधुनिक सहर बनाउन सरकार तथा स्थानीय नागरिकलाई आग्रह गरेका हुन् ।

उनले यो ठाउँ बुटवल, काठमाडौँ जस्तो पहिलेनै सहरीकरण भएको ठाउँ नभएको भन्दै यसलाई नयाँ सहरका रुपमा विकास गर्न सकिने बताएका हुन् । ‘यहाँ धेरै पुराना संरचना छैनन्’, उनले भने,‘यसलाई आधुनिक सहरका रूपमा विकास गरी देशकै नमुना बनाउन सकिन्छ’ नमुना सहर बनाउनका लागि विदेशी सहयोगी देशहरूले अर्बौं रूपैयाँमा अनुदान दिन सक्ने पनि उनको भनाई छ ।

त्यसका लागि स्थानीयले सरकारलाई सहयोग गर्नु पर्ने र सरकारले तदारुकता देखाएर काम गर्नु पर्ने प्रमुख शेरचनले बताए । त्यस्तै प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभाले गरेको राजधानीको निर्णय कार्यान्वयन गर्न प्रदेश सरकार सफल भएको बताए ।

उनले अब प्रदेश सरकारको काम स्थायी राजधानीबाटै सुरु हुने बताए । मुख्यमन्त्री केसीले यो ब्यवस्थाका लागि बगेको रगत र जनताको पसिनाको संरक्षण राज्यको रहेको भन्दै अब आउने सरकारले प्रदेशलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरेका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad