Ad Area

प्रेस चौतारी दाङको अधिवेशन मंसिर २५ मा हुने


दाङ ११ कार्तिक । प्रेस चौतारी दाङ शाखाको अधिवेशन मंसिर २५ गते हुने भएको छ । प्रेस चौतारी दाङको विहीवार बसेको चौतारी दाङको बैठकले मंसिर २५ गते चौतारीको नवौ अधिवेशन गर्ने निर्णय गरेको हो ।

अधिवेशन सम्पन्न गर्नको लागि चौतारी दाङका उपाध्यक्ष इन्द्र डिसी संयोजक र सचिव प्रेमबहादुर राम्जा सहसंयोजक र पदाधिकारी र कार्य समिति सदस्य रहेको अधिवेशन आयोकज समिति गठन समेत गरेको छ । त्यसैगरेर बैठकले अधिवेशनको लागि सदस्यता नविकरणको लागि लमही क्षेत्रमा कोषाध्यक्ष दशरथ घिमिरे, घोराही क्षेत्रमा कार्य समिति सदस्य किरण गौतम र विमला घर्ती, तुलसीपुर क्षेत्रमा सहसचिव सुधासुमन ढकाल, सदस्य माधव कंडेल र हापुरेमा कार्य समिति सदस्य बालकृष्ण पाण्डेलाई जिम्मेवारी दिएको छ ।

त्यसैगरेर बैठकले सविच राम्जाको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा सुधासुमन ढकाल, रीता लामा, गणेश आचार्य, किरण गौतम, एकराज भण्डारी, बसन्त परियार, लक्ष्मण विश्वकर्मा र अर्जुन परियार छन् । बैठकले अधिवेशन सम्पन्न गर्नको लागि कोषाध्यक्ष घिमिरेको संयोजकत्वमा आर्थिक संकलन समिति गठन गरेको छ । समितिको सदस्यमा ओपेन्द्र बस्नेत र किरण गौतम छन् । त्यसैगरेर बैठकले कार्य समिति सदस्य दिप्तीशिखा चौधरीको संयोजकत्वमा सांस्कृतिक तथा अतिथि सत्कार समिति गठन गरेको छ ।

समितिको सदस्यमा प्रेमविवश घर्ती र शिव घर्ती छन् । बैठकले पुरस्कार छनौटको लागि प्रेस चौतारी नेपालका उपाध्यक्ष प्रियाशनको संयोजकत्वमा सल्लाहकार दुर्गालाल केसी र संगीत बस्याल रहेको समिति गठन गरेको छ । चौतारी दाङका उपाध्यक्ष इन्द्र डिसीको अध्यक्षता एवम प्रेस चौतारी नेपालका उपाध्यक्ष सविन प्रियाशनको प्रमुख आतिथ्य र नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकीको विशिष्ट आतिथ्यमा बैठक सम्पन्न भएको थियो ।

बैठकमा प्रेस चौतारी नेपालका पुर्व उपाध्यक्ष शरद अधिकारी, पुर्व केन्द्रीय सदस्य सुर्दशन रिजाल, दाङका सल्लाहकार दुर्गालाल केसी, संगीत बस्याल, प्रवल रेग्मी, पुर्व सचिव बसन्त आचार्य , गणेश आचार्य लगायतका नेताहरुले सुझाव दिएका थिए । अधिवेशन सम्पन्न गर्नका लागि कार्तिक २७ गते शनिबार कार्य समितिको बैठक बस्ने समेत निर्णय गरेको छ । बैठकको सहजिकरण सचिव राम्जाले गरेका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad