Ad Area

कर्मचारीलाई राजधानीमा ल्याउन आवास सुविधा


दाङ, २९ मंसिर । लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङमा आउने कर्मचारीहरुलाई आवासको सुविधा दिइने भएको छ ।

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्को पहिलो बैठक स्थायी राजधानी दाङको देउखुरीमा बसेको बैठकले कर्मचारीहरुलाई सुविधा दिने निर्णय गरेको हो ।

स्थायी राजधानीमा दाङमा स्थान्तरणका क्रममा आउने कर्मचारीहरुलाई सहजताका लागि वर्ग विभाजन गरेर आवासको सुविधा दिने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला कानुन तथा सञ्चारमन्त्री तीलकराम शर्माले जानकारी दिए ।

उनका अनुसार श्रेणीविहीन कर्मचारीलाई तीन हजार पाँच सय रुपैयाँ, चौथो, सहायक पाँचौं र अधिकृतसम्मलाई ६ हजार मासिक आवास सुविधा दिइनेछ ।

Blog Post Ad Blog Post Ad