Ad Area

घरेलु हिंसा न्यूनीकरणको लागि दम्पत्तीलाई तालिम


तिर्थराज ज्ञवाली
देउखुरी, १ पुस । देउखुरीको राप्ती गाउँपालिकाले घरेलु हिंसा न्यूनीकरणका लागि श्रीमानश्रीमतीलाईसंगै राखेर तालिम दिईएको छ ।

एकीकृत सामुदायिक विकास परियोजना संचालन गर्दै आएको नामासालिङ सामुदायिक विकास केन्द्रले राप्ती गाउँपालिका वडा न. ३ का श्रीमान श्रीमतीलाई सहभागी गराएर एकदिने लैङ्गिकहिँसा सम्बन्धी पारिवारिक परामर्श तालिम संचालन गरेको हो ।

केन्द्रले गठन गरेका देऊखुरी क्षेत्रका विभिन्न १० वटा समूहका २४ जना दम्पत्ती उक्त तालिमममा सहभागी रहेका थिए । तालिममा विशेषगरी लैङ्गिक अवधारणा र लिङ्गका आधारमा हुनसक्ने घरेलु हिंसा एवम् त्यसको समाधानका लागि पारिवारिक परामर्शका विभिन्न उपायहरु समावेश गरिएको थियो ।

भृकुटी महिला विकास सहकारीको भवनमा संचालन भएको उक्त तालिमको सहजीकरण नामसालिङ सामुदायिक विकास केन्द्रका सुसाशन संयोजक विनोद निरौला तथा पुस्तमा पुनले गर्नुभएको केन्द्रका शशाङ्क बाबु आचार्यले जानकारी दिएकी छिन ।

Blog Post Ad Blog Post Ad