Ad Area

दाङमा मानवअधिकार उल्लघनका २२६ घट्ना, जसमा २ सय ५५ जना पीडित


दाङ, ३ पुस । दाङमा बलात्कार तथा यौन दुव्र्यवहारका घटनाहरूमा अधिकांश बालबालिकाहरू पर्ने गरेका छन् । एक वर्षको अवधिमा इन्सेकले अभिलेख गरेका दुई सय २६ मानवअधिकार उल्लघनका घटनामध्ये २८ वटा बलात्कार तथा यौन दुव्र्यवहारका घटनाहरूमा बालबालिका परेको अभिलेख छ ।

इन्सेकको अभिलेखअनुसार एक वर्षको अवधिमा ५५ वटा बलात्कार तथा यौन दुव्र्यवहारजन्य घटनाहरू घटेका छन् । जसमा बलात्कारका घट्ना ४०, बलात्कारको प्रयास ७ र यौन दुव्र्यवहारका ८ वटा घट्नाहरू अभिलेख गरिएको इन्सेक दाङका प्रतिनिधि जेएन सागरले बताए । उनकाअनुसार बलात्कारका २० वटा घटनामा ३ देखि १७ वर्ष उमेर समूहका बालिकाहरू परेका छन् । बलात्कार प्रयासमा सबै महिला छन् भने यौन दुव्र्यवहारका ८ वटा घटनामा ४ देखि १२ वर्ष उमेर समूहका बालिका पीडित भएका छन् ।

९ वटा हत्याका घटनामा १० जना मारिएका छन् । जसमा दुई जना नवजात शिशु, चार महिला, एक बालिका र तीन पुरुष हत्या भएका छन् । अभिलेख अनुसार यस वर्ष पनि जिल्लामा धरपकड, कथित बोक्सी आरोप, आर्थिक लाभका लागि अपहरण, बेचविखन, कुटपिट, जातीय विभेद, बम विष्फोटलगायतका २ सय २६ घटनाहरू भएका छन् । २ सय ५५ जना नागरिक प्रत्यक्ष पीडित भएको इन्सेकको अभिलेखमा उल्लेख छ । घटनामा सबैभन्दा धेरै १ सय ५९ महिला, ३० बालिका, तीन बालक, २ शिशु र ६१ पुरुष पीडित भएको इन्सेकका जिल्ला प्रतिनिधि जेएन सागरले जानकारी दिएका छन् ।

उनकाअनुसार २ सय २६ घटनाहरूमा २ सय ५५ जना पीडित भएका छन् । जसमा १ सय ५९ जना महिला, ६१ जना पुरुष र ३५ जना बालबालिकाहरू रहेका छन् । यी घटनाहरूमा २ सय ६७ जना पीडकहरू संलग्न रहेका छन् । इन्सेकको अभिलेखअनुसार जिल्लामा धरपकडका ८ घटनामा २८ जना, कथित बोक्सी आरोपको एउटा घटनामा १ जना, हत्याका ९ घटनामा १० जना, हत्या प्रयासका १ घटनामा एक जना, आत्महत्या दुरुत्साहनको एउटा घट्नामा १ जना, बन्द, हडताल÷तोडफोडको १२ घट्नामा १२ जना, अपहरण तथा शरीर बन्धकका ५ घटनामा ७ जना, मानव बेचविखन तथा ओसारपसारका २ घटनामा २ जना, दुव्र्यवहारका ५ घटनामा १० जना, बम विष्फोटका ६ घटनामा ६ जना, कुटपिटका ४ घटनामा ४ जना र जातीय विभेदका १ घटनामा २ जना दोषी भएको उल्लेख छ । गैरराज्य पक्षबाट २०५, राज्य पक्षबाट १३ र अज्ञात पक्षबाट ८ वटा घटनाहरू भएका छन् ।

सबैभन्दा धेरै घरेलु हिंसा

जिल्लामा एक वर्षको अवधिमा घटेका २ सय २६ घटनामध्ये सबैभन्दा धेरै घरेलु हिंसाका घटनाहरू रहेका छन् । अभिलेख अनुसार सबैभन्दा धेरै १ सय १५ वटा घरेलु हिंसाका घटनाहरू रहेका छन् । जसमा खान लाउन नदिएको, आधारभूत आवश्यकता पूर्ति नगरेको, अपहेलना गरेको, मादक पदार्थ सेवन गरेर कुटपिट गरेको, लालनपालन नगरेको र सम्पत्तिमाथि हक नभएका जस्ता घटनाहरू रहेका छन् । घरेलु हिंसाका घटनाहरूमा सबैभन्दा धेरै पत्नी र आमा, सासु नाता पर्ने पीडित भएका छन् । यी तथ्याङ्कलाई हेर्दा २० देखि ३० वर्ष उमेर समूहका महिलाहरू सबैभन्दा धेरै ७७ वटा घटना रहेका छन् । यसैगरी ३१ देखि ४९ वर्ष उमेर समूहका ३० र ५० देखि ७० वर्ष उमेर समूहका ८ वटा घटनाहरू रहेका छन् ।

Blog Post Ad

मानवअधिकार सञ्जाल दाङका सदस्य विनोद केसीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले सचेतनाका कार्यक्रमहरू भइरहँदा पनि जिल्लामा मानवअधिकार उल्लङ्घनका घटनाहरूमा कमी आउन नसक्नु भनेको दुःखद् भएको बताएका थिए । उनीहरूले मानवअधिकार उल्लङ्घटनका घटनाहरूमा कमी लयाउनका लागि सबैको प्रयास भए बलत्कार, यौन दुव्र्यहार तथा घरेलु हिंसालगायतका घटनामा कमी ल्याउन सकिने बताएका थिए । कार्यक्रममा नागरिक समाज दाङका संयोजक केबी मसाल, सक्षम महिला समूहकी रचना सुवेदी, जिल्ला प्रहरी कार्यालय दाङकी प्रहरी निरीक्षक मिरा खड्कालगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण इन्सेकका जिल्ला प्रतिनिधि जेएन सागरले गरेका थिए ।

Blog Post Ad Blog Post Ad