Ad Area

खेतीयोग्य जमिन कटान नियन्त्रण गर्न स्थानीय सरकारलाई ध्यानाकर्षण


घोराही, ४ पुस । घोराही उपमहानगरपालिका वडा नम्बर ९ अस्परामा हापुर खोलाले विगत वर्षदेखि वर्षेनी खेत कटान गर्दै आएको हुँदा खेतीयोग्य जमिन क्षति हुँदै कृषकहरुलाई नोक्सान व्यहोर्न बाध्य भएको हुँदा तत्काल समस्या समाधान गर्न खाद्य अधिकार संजाल दाङ र फियान नेपालले ध्यानाकर्षण गराएको छ ।

फियान नेपालका कार्यक्रम संयोजक सुरेश गौतम, खाद्य अधिकार संजाल दाङका महासचिव मौसम आचार्य र संजालका सदस्य सहितको टोलीले साेमबार वडा नम्बर ९ का अध्यक्ष चैतुराम चौधरीलाई यसअघि सो विषयमा देखा परेको समस्या समाधानका लागि पहल गर्दा पनि सुनुवाइ नभएको हुदाँ सो क्षेत्रका किसान खाद्य अधिकारबाट बञ्चित भएको र खोलाले वर्षेनी जमिन कटान गर्दा ठूलो मर्कामा परेको हुँदा समस्या प्रति गम्भीर बन्न लिखित ध्यानाकर्षण पत्र बुझाएको छ ।

‘घोराही उपमहानगरपालिका वडा नं। ९ अस्परामा हापुर खोलाले विगत वर्षदेखि वर्षेनी खेत कटान गर्दै आएको यहाँलाई अवगत नै छ । यसै वर्षपनि अस्परा स्थित धान रोपेको खेत कटान गरेको संचार माध्यममा आएपछि खाद्य अधिकार संजाल, फियान नेपाल संस्थाको पहलमा घोराही उपमहानगरपालिकाका उपमेयर हुमा डिसी सहित अधिकारकर्मीले अनुमगन गरेर सम्विन्धत निकायलाई
भेटेर किसानलाई राहत र तटबन्धनको व्यवस्था गरिनुपर्ने ध्यानाकर्षण गराएको सर्ववितिदै छ । तर, अहिलेसम्म उक्त सुनुवाइ नभएको हुदाँ त्यहाका किसानलाई खाद्य अधिकारबाट बञ्चित भएको र संगै खोलाले वर्षेनी जमिन कटान गर्दा किसानलाई ठूलो मर्कामा परेको हाम्रो ठम्याइ छ’ विज्ञप्तिमा भनिएको छ।
खाद्य अधिकार सुनिश्चित गर्न कटान क्षेत्र नियन्त्रणका लागि तत्काल काम अघि बढाउन र कृषकको पेशालाई सुरक्षा दिन वडा कार्यालयमार्फत स्थानीय सरकार समक्ष माग गरिएको छ ।
अस्परा, हापुर खोलाले खेत कटान गर्दा सयौँ विगाहा जमीन बगरमा परिणत भएको छ । जसले खेतीपातीमा ह्रास आएको छ ।

Blog Post Ad Blog Post Ad